सोम दियाली /सर्लाही
लालबन्दी, पुस २९ गते । प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगितामा विजेता र उपविजेता टिमलाई प्रदान गरिने नगद पुरस्कार वापतको रकम खेलप्रेमीहरुबाटै जुटेको छ ।
प्रथम हुने टीमलाई प्रदान गरिने रु ३ लाख आयोजक जीवेश्वर युवा क्लवको आग्रहलाई स्वीकार गर्दै लालबन्दी १ नवलपुर निवासी ज्ञान ज्योती पुस्तकका सञ्चालक अजय श्रेष्ठ दम्पति, नवलपुर नै घर भई हाल अमेरिका बस्ने सुमित केसी दम्पति र नवलपुर घर भई हाल अष्ट्रेलिया बस्ने सन्दिप केसी दम्पतिले प्रायोजन गरेको आयोजक जीवेश्वर युवा क्लवले जनाएको छ ।


त्यस्तै प्रतियोगितामा दितीय हुने टीमलाई प्रदान गरिने रु १ लाख ५० हजार नगद पुरस्कार वापतको रुकम नवलपुर घर भई लालबन्दी बजारमा जुमजुम क्याफे र जुमजुम ज्वयलर्स सञ्चालन गर्दै आएका युवा व्यवसायी खेलपे्रमी कृष्ण खातीले प्रायोजन गरेका छन् । उनले पुरस्कार वापतको रकम चेक मार्फत जीवेश्वर युवा क्लवलाई हस्तान्तरण गरिसकेका छन् ।


प्रतियोगिताको लागि प्रथम र दितीय पुरस्कारको प्रायोजन गर्ने अजय श्रेष्ठको श्रीमान श्रीमती, सुमित केसी र सन्दिप केसीको श्रीमान श्रीमती तथा दितीय पुरस्कारको प्रायोजन गर्ने जुमजुम क्याफे र जुमजुम ज्वेयलर्सका सञ्चालक कृष्ण खाती प्रति जीवेश्वर युवा क्लवले धन्यवाद व्यक्त गरेको छ ।


प्रतियोगिता सम्पन्न गर्न लाग्ने २४ लाख बढी अनुमानित खर्च लालबन्दी नगरपालिका, विभिन्न वडा कार्यालय र खेलप्रेमीहरुबाटै जुटाउने प्रयास गरिरहेको क्लवले जनाएको छ । जसअनुसार लालबन्दी नगरपालिकाबाट ७ लाख, वडा नम्बर १ बाट ५ लाख, वडा नम्बर २ बाट एक लाख प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विद्यामा समेत पुरस्कार प्रदान गर्ने घोषणा गरेको आयोजकले देशविदेशमा बस्ने खेलप्रेमीहरुबाट सहयोग आउने क्रम जारी रहेको बताएको छ ।


पुरस्कार माघ १६ गतेबाट हुने प्रतियोगितामा प्रथम हुने टीमलाई प्रदान गरिने नगद रु ३ लाख र दितीय हुने टीमलाई १ लाख ५० हजार पुरस्कार घोषणा गरेको आयोजकले खेलप्रेमी र मनकारी व्यक्तित्वहरुबाटै पुरस्कारको रकम प्राप्त भएको जनाएको छ ।