हरिवन,पुस—१३ । जेसीआई हरिवन सिटीको वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्विरोध रूपमा चयन भएको छ । हरिवन सिटी वर्ष २०२६ को अध्यक्ष पदमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित भएका छ । उनको नेतृत्वमा सम्पूर्ण कार्यसमितिसमेत निर्विरोध चयन भएको हो।


कार्यकारिणी उपाध्यक्ष पदमा जेसी कृष्ण फुयाल र जेसी विवेक महत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा जेसी टार्जन थापा, जेसी अरुण कुमार साह, जेसी नबिन लामा र जेसी शुबर्ण जङ्ग थापा निर्विरोध चयन भएका छन् ।


जेसीआई हरिवन सिटी वर्ष २०२५ का अध्यक्ष जेसी राम प्रवेश दासले अध्यक्षता तथा जेसीआई हरिवन सिटीका संस्थापक अध्यक्ष जेसी बिनोद महतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको जेसीआई हरिवन सिटी वर्ष २०२३ का अध्यक्ष जेसी राजेश प्रसाद चौधरीले चियोचर्चो दैनिकलाई जानकारी दिए ।


उनका अनुसार जेसीआई हरिवन सिटीको सचिवालय, हरिवनमा कार्यक्रम सम्पन्न भएको हो। कर्याक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरुले नवनिर्वाचित अध्यक्ष जेसी ईश्वर धमला तथा सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।