लालबन्दी, पुस –४ । लालबन्दी नगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतका पितानाथ लुइँटेललाई उद्योग वाणिज्य संघ लालबन्दीले स्वागत तथा सम्मान गरेको छ । उपसचिव लुइँटेल पुस २ गतेदेखि लालबन्दी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका थिए ।


लालबन्दी(६ स्थित उद्योग वाणिज्य संघ लालबन्दीको कार्यालयमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि लुइँटेललाई स्वागत गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष महेश महतो, संस्थापक अध्यक्ष देविबन्धु थापा, पूर्व अध्यक्षहरू नवराज मिश्र र कल्याणकुमार जोशीसहित संघका वर्तमान तथा पूर्व पदाधिकारी तथा स्थानीय व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै सहभागीहरूले नगरपालिकाको प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री बनाउन आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले पनि स्थानीय उद्योग व्यवसायको विकास र नगरपालिकाको समग्र प्रगतिका लागि सबै सरोकारवालासँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।