
राजिव साह /मलंगवा
मंसिर—२६ गते । सर्लाहीको मलंगवा नगरपालिका–१२, गमहरिया स्थित चिल्ड्रेन किङ्गडम एकेडेमीले तेस्रो खेलकुद दिवस–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार एक विशेष समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम एकेडेमीका संस्थापक भरत यादवको सभापतित्वमा तथा सगरमाथा आधारभूत आवासीय विद्यालय अध्यक्ष तिलक कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हो । कार्यक्रममा विशिष्ट अतिथि प्रमेशवर यादव, नरेश साह, एनसिएफका प्रबन्धक संजीत मण्डल, अतिथिहरु आशिष सामाजिक सेवा नेपालकी संगिता नेपाली, बाल क्ल्यान समाजका अध्यक्ष सुन्दर श्याम राय, सगरमाथा आधारभूत आवासीय विद्यालय प्रध्यापक जोसेफ क्षेत्री, अर्पना क्षेत्री, लोरेन्स क्षेत्री, अबिनाश मण्डलको उपस्थिति रहेको थियो।

संस्थापक भरत यादवका अनुसार नर्सरीदेखि कक्षा ३ सम्म अध्यापन हुने एकेडेमीले बालमैत्री शिक्षालाई प्राथमिकता दिएको छ। उनले आगामी दिनमा कक्षा विस्तार गर्दै लैजाने योजनाबारे जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

स्कुलका प्रध्यानध्यापक प्रकाश प्रसाद मसीहाका अनुसार खेलकुद दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोहन गरिएको थियो। कार्यरत शिक्षक शिक्षिकालाई मायाको चिनो सहित सम्मान गर्नुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री सहित पुरस्कार वितरण गरिएको हो ।











