
हरिपुवा, मंसिर— २६ गते । सर्लाहीको हरिपुर्वा बजारमा रहेको धर्मशालाबाट संचालन भइरहेको प्रहरी चौकी हरिपुर्वाको आफ्नै भवन बन्ने भएको छ । भवन निर्माण गर्न गृह मन्त्रालयले ३ करोड बढी बजेट प्रदान गरे पछि भवन निर्माण कार्य अघि बढेको हो । हरिपुर्वा नगरपालिका–५ स्थित प्रहरी चौकी हरिपुर्वामा निर्माण गर्न लागिएको नयाँ भवनको शुक्रवार इलाका प्रहरी कार्यालय केशरगंजका प्रमुख प्रहरी निरीक्षक नितेश कुमार सिंहले शिलान्यास गरेका हुन ।
शुक्रवार दिउँसो स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, समाजसेवी तथा सर्वसाधारण गरी करिब ७० जनाको उपस्थितिमा शिलान्यास गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । प्रहरी चौकी भवन निर्माण गर्न १५ वर्षअघि नै स्थानीय शुभकरण रायले तीन कठ्ठा जग्गा प्रदान गरेका प्रहरीले जनाएको छ ।









