

लालबन्दी, मंसिर–२६ । सर्लाहीमा नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने कार्य तीव्र बनाएको छ । क्षेत्रीय कार्य समितिबाट प्राप्त नामावलीलाई समेटेर जिल्ला कार्य समितिले अन्तिमरूप दिई प्रदेश तथा केन्द्रीय समितिमा पठाउने तयारी भइरहेको कांग्रेस नेताहरुले बताएका छन् । जिल्लाको क्षेत्र नम्बर १, २, र ४ मा सिफारिस प्रक्रिया टुंगिएको छ । भने ३ नम्बर क्षेत्र पनि सुरसार गरिरहेकाे। त्यहाँ आज शुक्रवार बस्ने क्षेत्रीय कार्य समिति बैठकले नाम टुंगो लगाउने सचिव निरज कार्कीले चियाेचर्चाे दैनिकलाइ जानकारी दिए ।

यसैक्रममा क्षेत्र नम्बर २ ले आफ्नो सिफारिस सार्वजनिक गरेको छ । क्षेत्रीय सभापति कौशलकिशोर रायका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ जयहरि श्रेष्ठ (राजु), डा. सरोज कुमार र धनमन्तरी यादवको नाम प्रस्तावित गरिएको छ । समानुपातिकतर्फ लक्ष्मण राय र अनिता देवी यादव सिफारिसमा परेका छन्। राष्ट्रिय सभाका लागि ब्रम्हनारायण चौधरी र सहरुल खातुनको नाम समिति बैठकले अघि सारेको छ ।


क्षेत्र नम्बर ४ ले पनि सिफारिस टुंग्याएको छ । यहाँ प्रतिनिधि सभा प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय महामन्त्री गगनकुमार थापा र प्रदेश उपसभापति समेत रहेका प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहको नाम पहिल्यै नै सिफारिस भइसकेको छ । थापाले यस अघिनै सर्लाहीबाट चुनाव नलड्ने बताइसकेकाले सिंहनै त्यस क्षेत्रका एकल र बलियो दाबेदारका रूपमा रहेका छन् । राष्ट्रिय सभाका लागि पूर्व जिल्ला सभापति नागेन्द्र कुमारको एकल नाम सिफारिस पठाइएको छ, जसले क्षेत्र नम्बर ४ मा उम्मेदवारको लागि कुनै प्रतिस्पर्धानै नरहेको देखाउछ ।

यसैबीच क्षेत्र नम्बर १ ले भने विस्तृत छलफलपछि बुधवारनै सर्वसम्मत रूपमा आफ्ना उम्मेदवारहरुको नाम सिफारिस टुंग्याएकाे छ । यहाँ प्रतिनिधि सभा प्रत्यक्षतर्फ शम्भुलाल श्रेष्ठ, रामचन्द्र चौधरी र मन्दिरा आचार्यका नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ सुशीला कार्की र इस्किलाल पासवान सिफारिसमा परेका छन्। राष्ट्रिय सभाका लागि सत्यदेव सिंह दनुवार,सीताराम दाहाल र महेन्द्र महतोलगायतको नाम अघि सारिएको छ ।
क्षेत्र नम्बर ३ मा भने सिफारिस प्रक्रिया अझै बाँकी छ । कार्यवहाक जिल्ला सभापति डा. सरोज कुमारका अनुसार सिफारिसका लागि आवश्यक क्षेत्रीय बैठक भोलि बस्ने तय भएको छ । नेतृत्वबीच छलफल जारी रहेकाले नाम सिफारिसमा अलि ढिलाइ भएको कांग्रेस नाताहरुले बताएका छन् । कावा सभापति डा. सरोज भन्छन्,“ ३ नम्बर क्षेत्रको सिफारिस प्रक्रिया सकिएलगत्तै जिल्ला समितिमा आउछ ,त्यसपछि हामि आवश्क छलफल गरि रायसहित केन्द्रमा पठाउँछौ”यसको लागि अझै एक दुई दिन लाग्न सक्ने उनले बताए । सर्लाहीमा समग्र अवस्था हेर्दा कांग्रेसको सिफारिस प्रक्रिया यसपटक समयमै सक्किने् देखिन्छ, जसले आगामी निर्वाचनका लागि पार्टी संरचनालाई गतिशील बनाएको छ ।
ले जिल्लाको ३ क्षेत्रमा उमेदवार सिफारिस,टुंग्यायो क्षेत्र नम्बर ३ मा आज बैठक बस्दै









