हरिवन,मंसिर —२३ गते । मोटरसाइकलकाे लाेकप्रिय ब्राण्ड टिभिएसले सर्लाहीको हरिवनमा विभिन्न सुविधासहित ‘स्मार्ट एक्सचेन्ज’ क्याम्प सञ्चालनमा ल्याएको छ ।
हरिवनस्थिति पूर्व बस स्ट्यान्डा सानिमा बैंकको ठीक अगाडि सञ्चालन भइरहेको यो क्याम्प मंसिर २३ गते (आज) देखि मंसिर २९ गतेसम्म चल्ने इभेन्टका सञ्चालक रामहरि पण्डितले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

गनपति अटो एण्ड सेन्टर, चन्द्रपुरका सञ्चालकसमेत रहेका पण्डित अनुसार ग्राहकले पुरानो मोटरसाइकलको थाेरैमा पनि रु. ३०,००० मूल्यांकन पाउनेछन्। साथै, मूल्य वृद्धिका रूपमा रु. १०,००० भ्यालु एडिशन र नयाँ टीभीएस मोटरसाइकल खरिदमा रु. ८,००० क्यास डिस्काउन्टको सुविधा उपलब्ध गराइएको छ।क्याम्पमार्फत फाइनान्स सुविधा पनि उपलब्ध रहेको उनलेे बताए ।
“फटाफट फाइनान्स नागरिकता भए पुग्छ” भन्ने नारासहित फाइनान्स प्रक्रिया सरल बनाइएको आयोजकले जनाएको छ। ग्राहकले फ्री एक्सेसरीज तथा टीभीएसको लाइफटाइम वारन्टी पनि पाउनेछन्।
गनपति अटो एण्ड सेन्टर, चापुरले ग्राहकलाई सहज सेवा दिन सम्पर्क नम्बर ९८०७२१५७७२ र ९८०६३०१२३४ उपलब्ध गराएको छ। आयोजकले क्याम्प सीमित समयका लागि मात्र भएकाले ग्राहकलाई समयमा नै सेवा लिन आग्रह गरेको छ।









