मिति : २०८२ मंसिर ३ गते बुधबार(९१९ नोभेम्बर २०२५)
तिथि : मार्ग कृष्णपक्ष चतुर्दशी — ९ :०१ पछि औंसी
चन्द्रराशि : तुला

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

छोटो समयमै फाइदा कमाउने अवसर प्राप्त हुनेछ। आकर्षक पहिरनले व्यक्तित्व निखार्ने छ। प्रियजनको साथ र सानो–ठूलो उपहारले दिन रमाइलो बन्नेछ। लेखन, अध्ययन वा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेम सम्बन्ध अझ बलियो बन्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

राेकिएको काम अघि बढ्नाले आत्मविश्वास बढ्नेछ। आफ्नो प्रयासले अधिकार स्थापित गर्दै आर्थिक फाइदा हासिल हुनेछ। केही कठिन परिस्थिति आए पनि लक्ष्य प्राप्ति सम्भव छ। मिहिनेतले प्रतिस्पर्धामा अगाडि उत्रन सकिनेछ। भौतिक साधनको वृद्धि हुनेछ र दिगो फाइदाका काम सुरू हुनेछन्। प्रतिस्पर्धीहरू कमजोर देखिनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य कमजोर हुँदा काममा एकाग्रता घट्न सक्छ। केही जटिल परिस्थितिहरू समाधान गर्न समय खर्च हुनेछ। सहयोगीहरू पछि हट्न सक्छन्, जसले नयाँ योजना अघि बढाउन कठिनाइ पर्नेछ। व्यवहारिक भ्रमले कार्य अवरुद्ध हुन सक्छ। अप्रिय समाचारले मन चिन्तित बन्ने सम्भावना छ। गुरुजनसँग मतभेद बढ्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

केवल फाइदामात्र हेर्दा आलोचना सहनुपर्ला। पुरानो सम्झौता ननवीकरण गर्दा लाभ गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा ढिलाइ हुनेछ। पारिवारिक विवादले तनाव बढाउनेछ। अनावश्यक चिनजान र बेसुरमा वचन दिनु घातक हुन सक्छ। अरूको मामिलामा धेरै चासो राख्नुभन्दा आफ्नो काममा ध्यान दिनु उपयुक्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उपहार तथा शुभेच्छाले प्रेरणा मिल्नेछ। सहयोग पाउने भएकाले कामहरू सुगमतासाथ अघि बढ्नेछन्। रोकिएका काम बन्ने र नयाँ योजनाको सुरुआत गर्ने राम्रो समय हो। प्रतिस्पर्धीहरूलाई सजिलै पछाडि पार्न सकिनेछ। आजको प्रयासले समाजमा राम्रो परिचय बनाउने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आत्मविश्वास कम हुँदा काममा पछि पर्न सकिन्छ। शुभचिन्तकहरूको भावना बेवास्ता गर्दा हानि हुन सक्छ। खर्च बढ्ने चिन्ताले सताउन सक्छ। विवादबाट टाढा बस्नु राम्रो हुन्छ। आर्थिक अभावले योजनामा अवरोध आउन सक्छ। आफ्ना गोप्य जानकारी सुरक्षित राख्नु आवश्यक छ। आजको मिहिनेतले भविष्यमा फाइदा पुर्‍याउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेका सफलताले उत्साह बढ्नेछ। परिवार र अभिभावकको साथ–स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजन र आत्मीयता अनुभविनेछ। प्रयास गरेको काम सफल बन्नेछ। अध्ययनप्रति बढ्दो रुचिले बौद्धिक स्तर विस्तार हुनेछ। व्यापार लाभदायी रहनेछ। धेरै काम तत्काल नहोला तर भविष्यका लागि राम्रो आधार तयार हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नो परिश्रमको श्रेय अरूले लिन खोज्ने सम्भावना छ। नियम विपरीत जिद्दीपन देखाउँदा खर्च मात्र बढ्न सक्छ, त्यसैले सावधानी अपनाउनु उचित हुन्छ। केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ। खर्चमा वृद्धि हुने संकेत छ। व्यवहार चलाउन ऋण लिनुपर्ने अवस्था आउन सक्छ। फाइदा तत्काल आए पनि अरूसँग बाँड्नुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ अवसरसँगै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको सम्मान हुनेछ। सानो लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। प्रयत्न गर्दा नयाँ कामतर्फ अघि बढ्न सफल भइनेछ। नसोचेको आम्दानीले खर्चिलो बानी बढ्न सक्छ। अवसरका लागि दौडधुप बढ्न सक्छ। केही वस्तु त्याग्नुपर्ने सम्भावना पनि छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विविध अवसरहरू निरन्तर भेटिनेछन्। महत्वपूर्ण व्यक्तिहरूसँग नयाँ सम्बन्ध एवं मित्रता बढ्न सक्छ। आफ्नो क्षमता र बोलीबाट अरूलाई प्रभावित पार्न सकिनेछ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउनेछ। आवश्यक भौतिक साधन उपलब्ध हुनेछन्। व्यापार–व्यवसायमा फाइदा हुनेछ। लगानी बढाउन उपयुक्त समय देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य कमजोर हुँदा उपलब्धि तत्काल नआउला। सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो क्षेत्रमा अरूको हस्तक्षेप बढ्न सक्छ। अरूका लागि बौद्धिक श्रम खर्चिनुपर्नेछ। व्यस्त दिनचर्या भए पनि ठोस उपलब्धि हात नपर्न सक्छ। यद्यपि, पुराना कामलाई निरन्तरता दिन सकिनेछ। प्रयास जारी राखे नयाँ सम्भावना भेटिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। व्यस्तता बढे पनि स्वास्थ्य समस्याले कमजोरी महसुस हुन सक्छ। सहयोगीहरू जिम्मेवारीबाट हट्न सक्छन्। नयाँ अवसर देखिए पनि उपलब्धि पाउन समय लाग्नेछ। पुराना काम निरन्तरता दिन सकिनेछ। नयाँ योजनामा लगानी गर्दा जोखिम बढ्ने संकेत छ। चुनौतीपूर्ण जिम्मेवारी पूरा गर्नुपर्न सक्छ।