
मिति : २०८२ मंसिर १ गते (१७ नोभेम्बर २०२५) सोमवार
तिथि: मार्ग कृष्णपक्ष त्रयोदशी
नक्षत्र: चित्रा
चन्द्रराशि: कन्या १६:५६ पछि तुला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अध्ययन तथा व्यापारमा अपेक्षित प्रगति ढिलो हुन सक्छ। आलोचनाबाट बच्न व्यवहारमा सतर्क रहनु उत्तम हुन्छ। साँझतिर भने परिस्थिति सुध्रेर दीर्घकालीन फाइदा दिने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्ने, व्यापार–व्यवसायमा लाभ बढ्नेछ। अरूको विषयमा धेरै चासो राख्दा आफैँ समस्यामा पर्न सकिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हतार र आवेगले समस्या ल्याउन सक्छ। काम सुधार्न धेरै मिहिनेत लाग्ने समय छ। पारिवारिक वातावरण त्यति सहज नहुन सक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य कमजोर बन्ने सम्भावना छ। उपहार तथा आकर्षणमा फस्दा कर्मक्षेत्र प्रभावित हुन सक्छ। साँझतिर विवादास्पद जिम्मेवारी आउन सक्छ, बोली–व्यवहारमा सावधानी अपनाउनुहोस्। खर्च बढ्ने दिन।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्च गरिसकेको कामबाट अपेक्षित परिणाम तुरुन्तै नआउन सक्छ। फाइदाका अवसर आए पनि केही त्याग गर्नुपर्ने हुन सक्छ। तर मिहिनेत गर्नेहरूका लागि दिन फलदायी छ—आजको श्रम भविष्यमा बचतझैँ लाभदायक हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसी छाउनेछ। नयाँ योजना सुरु गर्न अनुकूलता मिल्ने सम्भावना छ। मनपर्ने वस्तु उपहारमा पाउन सकिने दिन।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सञ्चय न भए पनि हातमा रकम आउँदा उत्साह बढ्नेछ। मिहिनेतले आयका नयाँ स्रोत भेटिनेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। व्यापारमा मध्यम लाभ हुनेछ। अरूको लागि आफ्नो रकम खर्चनुपर्न सक्छ। साँझतिर आर्थिक अभावको महसुस हुन सक्छ, ऋण वा उधारो लिनुपर्ने स्थिति बन्न सक्छ। इच्छाले खर्च बढ्नेछ। आँटेको काम रोकिन सक्ने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले रोकिएको काम अघि बढ्न थालेपछि उत्साह बढ्नेछ। मिहिनेतले लक्ष्य नजिक पुर्याउनेछ। अनुकूल अवसर प्राप्त भएर दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिनेछ। कर्मयोगको प्रभावले सम्मान, आम्दानी र पुरस्कार तीनै बढ्नेछ। साँझतिर नयाँ आम्दानीका स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा राम्रो लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज केही संघर्ष र दबाबको समय हुनेछ। जिम्मेवारी बढे पनि स्वास्थ्य कमजोर हुँदा काममा असर पर्न सक्छ। धेरै समय अरूका लागि खर्चिनुपर्ने हुन सक्छ। आर्थिक प्रगति अलि सुस्त देखिए पनि साँझतिर स्थिति सुधार हुँदै जानेछ। दिगो काम सुरु गर्न उपयुक्त समय। परिश्रमले लोकप्रियता तथा प्रशंसा कमाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक काममा साना–साना समस्याले अल्झाइरहनेछ। स्वास्थ्य पनि उत्तिकै साथ नदिन सक्छ। कमजोरीका बाबजुद अरूका लागि समय दिनुपर्ने हुन सक्छ। प्रयास गरे नियमित कामबाट लाभ पाइनेछ। समस्याका बेला शुभचिन्तकहरूको साथ मिल्नेछ। साँझतिर अवसरवादी व्यक्तिहरू सक्रिय भएर कमजोरीको फाइदा उठाउन खोज्न सक्छन्। यद्यपि समुदायको हितमा राम्रो काम गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटले मन रमाइलो हुनेछ। रमणीय स्थान घुम्ने अवसर मिल्नेछ। परिस्थिति कमजोर देखिए पनि सम्मान र आदर प्राप्त हुनेछ। प्रेम र मित्रताको सम्बन्ध गहिरिनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। तर साँझतिर काम बिग्रने चिन्ताले सताउन सक्छ। उपलब्धि सामान्यमा सीमित रहन सक्छ। स्वास्थ्यका लागि खानपानमा सचेत हुनु राम्रो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वास उच्च हुनेछ र रोग प्रतिरोधी क्षमता बढ्नेछ। प्रतिस्पर्धा भए पनि स्रोत साधन जुटेर दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको सही प्रयोगले अनुकूल परिस्थिति सिर्जना हुनेछ। साँझतिर व्यापार विस्तार हुँदै मनग्य लाभ हुनेछ। नयाँ आयका स्रोत भेटिने सम्भावना। प्रेम र मित्रताको बन्धन मजबुत। आकर्षक उपहारले उत्साह थप्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको तालमेल नमिल्दा दिन अलमलपूर्ण हुन सक्छ। स्वास्थ्य कमजोर भएपछि अध्ययन प्रभावित हुनसक्छ। सुरु गरेको काम अधुरै रहन सक्छ। तर गुरुजनको सुझाव तथा सन्तानको सहयोग उपयोगी बन्नेछ। साँझतिर भौतिक साधन जुटेर दिगो काम सुरु गर्न सहजता मिल्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसिक कामबाट फाइदा पाइनेछ। प्रतिद्वन्द्वी पनि सहयोगी बन्ने संकेत।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हतारमा निर्णय लिनु जोखिमपूर्ण हुन सक्छ। प्रक्रिया नमिल्दा काम दोहोर्याउनुपर्ने संभावना छ। भूमि तथा पशुधनबाट सामान्य लाभ पाइनेछ। आफन्तसँगको मतभेदले मन खिन्न हुन सक्छ। साँझतिर स्वास्थ्य कमजोर हुन सक्छ, खानपानमा विशेष ध्यान आवश्यक छ। काममा तालमेल नमिल्दा अलमल सिर्जना हुन सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिनभरि विभिन्न अवसर प्राप्त हुनेछन्। पेसा व्यवसायमा राम्रो फाइदा हुनेछ। मिहिनेतकाे राम्रो प्रतिफल पाइने समय। उत्साहजनक अवसरहरू आउनेछन्। तर साँझतिर घरायसी चाप वा समस्या देखिन सक्छन्। केही आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नु उचित। भूमि तथा पशुधनबाट केहि लाभ हुनेछ। अरूको भरमा बस्ने बानीले पछि पार्न सक्छ, सावधानी अपनाउनुहोस्।









