
मिति : २०८२ कार्तिक ३० गते, १६ नोभेम्बर २०२५
तिथि : मार्ग कृष्णपक्ष द्वादशी
नक्षत्र : हस्त
चन्द्रराशि : कन्या
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक चाहनाका कारण सामान्यभन्दा बढी दौडधुप गर्नुपर्नेछ। साधारण काम पूरा गर्न पनि सञ्चित रकम खर्चिन बाध्य हुन सक्छ। दिएको वाचा पुरा नहुँदा आलोचनाको सामना गर्नुपर्ला। सम्बन्ध र परिस्थितिलाई सहज राख्न व्यवहारिक रूपमा होसियारी अपनाउनु उचित हुनेछ। बुद्धिमानी निर्णयले प्रतिष्ठा र अधिकार जोगाउन मद्दत गर्नेछ। मिहिनेतले चुनौतीपूर्ण स्थितिलाई सहज बनाउने क्षमता प्रदान गर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर भएकाले लक्ष्यअनुसार काममा ऊर्जा दिन कठिन हुन सक्छ। जटिल परिस्थितालाई समाधान गर्नमै समय बित्नेछ। सहयोगीहरूको साथ नपाउँदा नयाँ योजनामा बाधा आउनेछ। व्यवहारिक निर्णयमा अलमल हुँदा पुराना काम पनि रोकिन सक्छन्। अप्रिय समाचार सुन्नुपर्ने सम्भावना छ। गुरुजनसँग विचार नमिल्दा अध्ययनमा अवरोध देखिन सक्छ। समयको प्रभावकारी उपयोग गर्न गाह्रो बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खाली आश्वासन दिने व्यक्तिहरूबाट सावधान रहनु आवश्यक छ। अवसर भेटिए पनि तत्काल नतिजा प्राप्त नहुन सक्छ। पुराना सम्झौता परिवर्तन वा तोड्नुपर्ने अवस्था आउन सक्छ। अरूको भरमा कामले गति नलिन सक्छ। अन्योल बढे पनि मान्यजनको सुझाव मान्दा सामान्य लाभ प्राप्त हुनेछ। पहिले रोकिएका काम दोहोर्याउनुपर्ने संकेत छ। आफ्नो परिश्रमबाट अरूले लाभ लिन खोज्न सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयमै सतर्क नहुँदा केही चुनौतीहरू देखा पर्न सक्छन्। प्रतिकूल परिस्थिति हुँदा कामको गति सुस्त हुन सक्छ। कडा परिश्रम गरे पनि प्रतिफल कम मिल्नेछ। उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित कामले सामान्य फाइदा भने दिन्छ। लापरवाही गरे अरूले तपाईँको श्रमको फाइदा लिन सक्छन्। चुनौतीभित्र अवसर पहिचान गर्न सकिने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगातार प्रयास गर्दा केही कमजोरी प्रकट हुन सक्छ। आलोचकहरूबाट सावधान रहनुपर्छ। सही समयमा गरिएको प्रयासले राम्रो नतिजा दिन सक्छ। सौखिन खर्च बढे पनि सम्पत्ति संकलन गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक कारोबारबाट लाभ मिल्नेछ तर खर्च पनि उस्तै बढ्नेछ। आज निकालेको रकम फिर्ता आउन कठिन हुन सक्छ। विवादास्पद विषय समाधानको जिम्मेवारी लिनुपर्ने स्थिति देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका सफलताले नयाँ काममा उत्साह बढाउनेछ। परिवारका टाढा रहेका सदस्यसँग पुनः भेटघाट हुनेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनका कारण मन प्रफुल्ल रहनेछ। पुराना त्रुटि सुधार्ने उत्कृष्ट मौका प्राप्त हुनेछ। प्रेम तथा मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ। विशेष उपहारले मन हर्षित हुनेछ। निरन्तर मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामकाजमा अनपेक्षित अवरोध आउन सक्छ। आकस्मिक खर्चले आर्थिक अवस्था दबाबमा पर्न सक्छ। फाइदा लिन धेरै पटक प्रयास गर्न लाग्न सक्छ। व्यवसाय विस्तारका लागि थप लगानी आवश्यक हुन सक्छ। अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्दा धोका पर्न सक्छ। खर्च गरे पनि अपेक्षित परिणाम नआउन सक्छ। शुभचिन्तकको सुझाव बेवास्ता गर्दा मानसिक तनाव बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अघिल्लो लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। पुरा भएका कामको मूल्यांकनले अतिरिक्त जिम्मेवारी दिलाउन सक्छ। नयाँ तथा उपयोगी अवसरहरूको ढोका खुल्नेछ। पेसा तथा व्यवसायमा उल्लेखनीय प्रगति हुने संकेत छ। आयस्रोत मजबुत भई धन सञ्चय बढ्नेछ। आवश्यक भौतिक सुविधा जुट्नेछ। व्यापारमा उकासो आउने राम्रो समय हो। छोटो अवधिमा महत्वपूर्ण उपलब्धि हातपार्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै अवसर भए पनि प्रतिष्ठा जोगाउन सजग हुनुपर्छ। परिस्थिति सहयोगी भए पनि अरूको काममा बुद्धि खर्चिनुपर्नेछ। प्रभावशाली काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिसँग सम्बन्ध प्रगाढ बन्न सक्छ। आँटेको काममा अरूको मुख ताक्दा पछाडि पर्न सकिन्छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल आउन ढिलाइ हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिमाले चाहेको काममा अवरोध पुर्याउन सक्छ। अरूका लागि रकम वा बुद्धि खर्चिनुपर्नेछ। आंशिक फाइदा भए पनि पूरा काम सम्पादन गर्न समय लाग्नेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। समयमा तालमेल नजुट्दा केही निराशा हुन सक्छ। बाध्यता आउँदा अलमल्याए पनि भविष्यका लागि नयाँ सम्भावना खोज्ने सही समय हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साधारण कामका लागि पनि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नआउने कार्यमा संलग्न हुनुपर्ला। परिबन्ध तथा परिस्थितिले चुनौती थप्नेछ। अत्यधिक अपेक्षा राख्दा रहेको वस्तु गुम्ने जोखिम छ। अरूका विषयमा अनावश्यक चासो राख्दा झमेला निम्तिन सक्छ। स्वास्थ्यका लागि व्यायाम र स्वस्थ आहार अत्यावश्यक छ। काममा अवरोध हुँदा आयस्रोत कमजोर बन्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्यतः वातावरण रमाइलो र उत्साहपूर्ण रहनेछ। चिताएको मूल्य नपाए पनि दीर्घकालीन लाभ हुने काम हात पर्न सक्छ। कठिन परिस्थिति सहज बनाउन सक्ने क्षमता बढ्नेछ। आफ्ना विषयमा अरूको दाबी आउन सक्छ, सावधानी आवश्यक छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ। नियम विपरीत काम गर्न खोज्दा समस्या निम्तिन सक्छ। आवश्यक रकम कर्जामार्फत जुट्न सक्छ।









