मिति (वि.सं.) : २०८२ कार्तिक २९ गते (ई.सं.) : १५ नोभेम्बर २०२५, शनिवार
तिथि : मार्ग कृष्णपक्ष एकादशी
नक्षत्र : उत्तरफाल्गुनी
चन्द्र राशि : सिंह (प्रातः ७:२९ पछि कन्या)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

स्वास्थ्यका सम्बन्धमा सजग रहनुहाेस् । अरूमा भर परेमा निराशा हात लाग्नेछ। बुद्धिको सही प्रयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त–परिवारबाट केही टाढिनुपर्न सक्छ। शुभचिन्तकहरूको साथ मिल्नेछ। भविष्यका खर्चको व्यवस्था गर्नुपर्न सक्छ। प्रतिस्पर्धी बढ्नेछन्, त्यसैले ईर्ष्या र द्वेषबाट सजग रहनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

चाँडै उपलब्धि खोज्दा समस्या आउन सक्छ। अरूका लागि समय र बुद्धि खर्चनु पर्नेछ। अवसर आए पनि खर्चिलो काम थाल्नुअघि सोच्नुपर्छ। परिस्थितिले केही सम्झौता गर्न बाध्य पार्न सक्छ, तर आशा भने जगिरहनेछ। बौद्धिक प्रतिस्पर्धा हुन सक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अवसर समाउन ढिलाइ हुँदा पछाडि परेको अनुभूति हुन सक्छ। बेसुरमा बोल्दा गोपनीयता भंग हुन सक्छ, त्यसैले विशेष योजना सार्वजनिक नगर्नुहोस्। साझेदारीमा उतार–चढाव आउन सक्छ। प्रगतिमा ईर्ष्याले बाधा पुर्‍याउन सक्छ। नयाँ योजनाका लागि अनुकूल साइत पर्खनु उपयुक्त हुन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चिताएको काम परिस्थितिले रोकिन सक्छ। आफ्नो मिहिनेत अरूले उपयोग गर्न खोज्नेछन्। नयाँ काम अघि बढाउनु अघि अवस्थाको गहिरो अध्ययन आवश्यक छ। व्यवसायमा केही अवरोध देखिन्छ, तर सेवामूलक कामबाट उपलब्धि मिल्नेछ। तत्काल लाभ नदेखिए पनि हतार नगर्नुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

असंयमित व्यवहारले समस्या निम्त्याउन सक्छ। हतार–हतार बोल्दा गलत अर्थ लाग्न सक्छ। आयो भनेका पैसा अरूका लागि खर्चिनुपर्ने हुन सक्छ। अरूको भर परेमा काम अपूरो रहन सक्छ। कामको मूल्यांकन राम्रो भए पनि प्रतिफल ढिलै होला। शुभचिन्तकको भावना बुझेर बुद्धिमत्तापूर्वक अघि बढ्नुहोस्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामका प्रस्ताव आउनेछन् र साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम सफल हुनेछ र आर्थिक लाभ पनि मिल्नेछ। पहिलाकै सफलताले उत्साह बढ्नेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द पाइनेछ। तर बलजफ्ती गर्ने बानीले साथी टाढिन सक्छन्। खानपानमा सजग रहनु जरूरी छ। आफन्तबाट सहयोग मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परेशानी भए पनि प्रतिफल अलिकम मिल्नेछ। उठ्नुपर्ने रकम रोकिन सक्छ। नियमित काममा सामान्य फाइदा रहिरहनेछ। सजग नरहे अरूले तपाईंको श्रमबाट फाइदा उठाउनेछन्। आवश्यकताका लागि ऋण लिनुपर सक्छ। भविष्यका लागि लगानी योग्य अवसर देखा पर्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अतिनै प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। पहिलाको मिहिनेतबाट प्रशस्त लाभ हुनेछ। पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ। रोकिएका रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारबाट विशेष लाभ हुने संकेत छ। नयाँ काम सुरु गर्न शुभ समय हो।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पुराना कामको चर्चा हुनेछ र मिहिनेतका कारण नयाँ अवसर पनि खुल्नेछन्। तर अरूका काममा समय खर्चनुपर्दा आफ्नै काम रोकिन सक्छ। सामाजिक जिम्मेवारी बढे पनि पूरा गर्न कठिनाइ हुन सक्छ। परिस्थितिले आफन्तबाट केही समय दूरी हुन सक्छ। कमजोरीको फाइदा उठाउन खोज्नेबाट सावधान रहनु राम्रो हुन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चिनुपर्छ। बाध्यताले मन विचलित हुन सक्छ। तर निरन्तर प्रयासले उपलब्धिको मार्ग खोलिन्छ। दोहोर्‍याएर गरिएको काममा लाभ देखिन सक्छ। सामुदायिक जिम्मेवारी बहन गर्ने समय छ। तत्काल मूल्य नआए पनि भविष्यमा फाइदा हुने काम हात पर्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतीक्षित नतिजा कमजोर देखिए पनि प्रयास जारी राख्नुपर्छ। सामान्य कामकै लागि दौडधुप बढ्नेछ। चुनौतीभित्र पनि अवसर देखिने समय हो। उपलब्धि केही ढिलो मात्र आउनेछ। समस्याका बेला सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजोर हुन सक्छ, आहारविहारमा ध्यान दिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

केही समय लागे पनि काम पूरा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँग समय बित्दा मन रमाइलो हुनेछ। अध्ययन, लेखन र मनोरञ्जनमा समय जानेछ। प्रेम र मैत्री सम्बन्ध मजबुत बन्छ। व्यापारमा आम्दानी बढ्नेछ।