२०७९ कार्तिक २८ गते / १४ नोभेम्बर २०२५, शुक्रबार                                                                      मार्ग कृष्णपक्ष, दशमी तिथि
नक्षत्र: पूर्वफाल्गुनी
चन्द्रराशि: सिंह

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतीक्षित नतिजाले उत्साह बढ्नेछ। लगनशीलताले परिस्थितिमा सकारात्मक परिवर्तन आउनेछ। भविष्यमा लाभ आउने काम आरम्भ हुनेछ। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। गुरुजनको प्रेरणा र सन्तानको सहयोग उपयोगी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि र बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। थोरै लगानीका कामबाट पनि दिगो लाभ प्राप्त हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

केवल फाइदामात्र देखिँदा आलोचनाको सामना गर्नुपर्ला। पुरानो सम्झौता नवीकरण नगर्दा लाभांश गुम्ने सम्भावना छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा कार्यमा ढिलाइ हुनेछ। पारिवारिक मतभेदले असहजता ल्याउन सक्छ। अनावश्यक सम्बन्ध गाँस्नेहरूबाट सावधान रहनुहोस्। प्रयास बढाए चुनौती पार गर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्ने क्रममा नयाँ अवसरतर्फ पनि अघि बढिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कडा मिहिनेतले उद्योग–ब्यापारमा फाइदा लिन सकिन्छ। तर प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन्, केही सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। हल्ला–अफवाहमा लाग्दा मन खिन्न हुनसक्छ। प्रक्रिया अपूर्ण हुँदा काम दोहोर्याउनुपर्ला। बेसुरमा काम गर्नु समस्या बन्न सक्छ। अरूका लागि उपयोगी बन्ने मौका मिल्नेछ। दिगो योजनासहित अघि बढे बिस्तारै राम्रो लाभ प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्ययनमा प्रगति हुनेछ र बौद्धिक क्षमता निखारिनेछ। बोली र विचारको प्रशंसा बढ्नेछ। बुद्धिको सदुपयोगले कार्य सफल बन्नेछ। सानो प्रयासले पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। सहयोगीहरूको साथ मिल्नेछ। धेरैलाई उपकार पुग्ने काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र सम्मान प्राप्त हुनेछ। तत्काल सामान्य लाभ भए पनि पछि ठूलो फाइदा हुने संकेत छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामना पूरा हुनेछ र स्वादिष्ट भोजनको आनन्द पाइनेछ। लक्ष्यअनुसार समयमै काम पूरा हुनेछ। अध्ययनप्रति रुचि बढेर बौद्धिक विस्तार हुनेछ। नयाँ काममा विशेष अवसर प्राप्त होला। अघिल्लो सफलताले हौसला बढाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन मजबुत बन्नेछ। पुराना परम्परालाई समयअनुसार परिमार्जन गर्न सफल भइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अचानक आएका समस्याले फजुल खर्च बढ्न सक्छ। अर्थ अभावको अनुभव हुनसक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढे पनि ऋणमार्फत रकम जुटाउन सकिनेछ। प्रयास गरे यात्राको प्रक्रिया अघि बढ्नेछ। व्यवहारमा आफन्तसँग केही दूरी हुनसक्छ। अवसर प्राप्त भए पनि लगानीको सदुपयोग गर्न कठिनाइ आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आयस्रोत राम्रो भएर रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह बढाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा प्रगति हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी बढ्न सक्छ। दिगो फाइदा हुने काम सुरु हुनेछ। साझेदारीबाट पनि लाभ मिल्ने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय केही चुनौतीपूर्ण हुनसक्छ। सामान्य काम गर्न पनि धेरै मिहिनेत गर्नुपर्ला। सम्बन्ध गाँस्नेहरूले अनावश्यक काममा फसाउन सक्छन्। मिहिनेतअनुसार आय कम मात्र प्राप्त होला। इष्टमित्रसँग सुमधुर सम्बन्ध जोगाइराख्नु आवश्यक छ। काम अड्किए पनि लाभ कुँदै जानेछ। ईर्ष्यालुहरूले दुःख दिने संकेत छ। परिवारमा पनि असमझदारी बढ्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विशेष अवसर प्राप्त भई मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिँदा खुशी बढ्नेछ। भाग्यले नयाँ अवसर प्रदान गर्नेछ। लोकप्रियताले जिम्मेवारी र पद दिलाउन सक्छ। अध्यात्मभाव जागृत भई परोपकारमा मन जानेछ। धेरैले प्रशंसा गर्नेछन्। शुभचिन्तकहरूको साथले पुराना चुनौती समाप्त हुनेछन्। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने अनुकूल समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिबन्धले समस्या ल्याउन सक्छ। गोप्य कुरा बाहिर जाँदा तनाव हुनसक्छ। स्वास्थ्यका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुहोस्। चुनौतीभित्र अवसर खोज्नुपर्छ। जटिल काममा पनि प्रयास गर्दा सकारात्मक परिणाम देखिन सक्छ। कठिन परिस्थितिमा पनि केही कार्य सम्पन्न हुनेछ। आयस्रोत कमजोर भए पनि फजुल खर्च घटाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यवहारमा मन मिल्ने साथी भेटिनेछ। प्रेम र मित्रताको बन्धन गहिरो हुनेछ। कामको चापबाट राहत मिल्नेछ। व्यापार व्यवसायले राम्रो आम्दानी दिनेछ। सहयोग र उपहार प्राप्त हुने सम्भावना छ। घरायसी असमझदारी भए पनि परिवारको साथले नयाँ आशा जाग्नेछ। रमाइलो यात्राको योग छ। वादविवादबाट भने सतर्क रहनुहोस्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसर प्राप्त भए पनि फजुल खर्चले समस्या ल्याउन सक्छ। रकम तुरुन्त नउठ्न सक्छ। मिहिनेत गर्दा पनि काममा ढिलाइ हुनसक्छ। ईर्ष्यालुहरूले सताउन सक्छन्। तर प्रतिस्पर्धामा विजय मिल्नेछ। खर्च बढे पनि रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। चुनौती पार गर्दै काम सफल बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु आवश्यक छ।