
मिति: २०८२ साल कार्तिक २७ गते, बिहीवार, १३ नोभेम्बर २०२५
तिथि: मार्ग कृष्णपक्ष नवमी
नक्षत्र: मघा
चन्द्रराशि: सिंह
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरले पछ्याए पनि त्यसको पूर्ण फाइदा लिन मिहिनेत गर्नुपर्ला। खानपान र विश्राममा ध्यान दिनुहोस्, स्वास्थ्यमा सुधार आउनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ र बौद्धिक दायरा फराकिलो बन्नेछ। शुभचिन्तकहरूको साथले मनको डर उत्साहमा परिणत हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घर–परिवारमा असमझदारी र फजुल खर्च बढ्ने सम्भावना छ। काममा उल्झन आउन सक्छ, त्यसैले वचन दिने बेलामा सावधानी अपनाउनुहोस्। श्रमअनुसार फाइदा कम मिल्नेछ, तर परिस्थिति अनुसार नियम मिचेर भए पनि काम अघि बढाउनुपर्ने स्थिति आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। तर मिहिनेतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोस्। उपलब्धि बढ्ने र भौतिक साधन जुट्ने योग छ। सहयोगीहरूसँग धैर्यपूर्वक व्यवहार गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्राथमिकतामा ध्यान नदिँदा पछि पर्न सकिन्छ। बोली–व्यवहारमा संयम अपनाउनुहोस्। खर्च बढ्ने र उधारो व्यापारमा जोखिम हुने देखिन्छ। अरूको विषयमा बढी चासो नदिँदा राम्रो। विवादास्पद जिम्मेवारी आउन सक्छ, त्यसैले सजग रहनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूको साथमा रचनात्मक कार्य प्रारम्भ गर्ने शुभ समय छ। सामाजिक जमघटमा रमाइलो हुने र स्वादिष्ट भोजनको आनन्द पाइनेछ। धन आर्जनको अवसर बढ्नेछ। विगतका त्रुटिहरू सच्याउन सकिनेछ र टाढाका परिवारजनसँग भेटघाटको योग पनि छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भविष्यका लागि केही त्याग गर्नुपर्ने देखिन्छ। खर्च बढे पनि रोकिएका काम बन्नेछन्। वैदेशिक क्षेत्रमा लाभदायक अवसर मिल्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। तत्काल फाइदामा ध्यान नदिई दीर्घकालीन सोचका साथ अघि बढ्नु बुद्धिमानी हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कडा मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। धन आर्जनका अवसर बढ्नेछन्। कृषि, पशुपालन वा उत्पादनमुखी कार्यमा लाभ हुनेछ। पहिले गरेका कामबाट फाइदा हातपर्नेछ। नयाँ आम्दानी स्रोत फेला पर्ने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर र चुनौती एकसाथ देखापर्ने समय हो। विशेष जिम्मेवारी प्राप्त हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस्। सामाजिक सम्मान र नेतृत्व प्राप्त हुने सम्भावना छ। व्यापारमा लाभदायक समय छ तर विरोधीहरूको षड्यन्त्रबाट सावधान रहनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ अवसरको आगमन हुनेछ। तर साथमा चुनौती पनि आउन सक्छ, त्यसैले गोपनीयता अपनाउनुहोस्। शुभचिन्तकहरूको सहयोगले काम सफल बन्नेछ। धर्मकर्म, सेवा र परोपकारी कार्यमा मन जानेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक अभाव र समस्या एकैसाथ देखा पर्न सक्छ। आँटेको काम केही समय रोकिने सम्भावना छ। शुभचिन्तकहरूको सहयोगले कठिनाइ पार गर्न सकिनेछ। तत्काल खर्च बढे पनि दीर्घकालीन फाइदाको बाटो खुल्नेछ। संयमपूर्वक अघि बढ्नुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक मतभेद र बोलीको त्रुटिबाट समस्या आउन सक्छ। निर्णायक क्षणमा दुविधा हुनसक्छ, त्यसैले सोचविचार गरेर निर्णय गर्नुहोस्। आम्दानी बढ्ने तर खर्च पनि बढ्ने समय छ। यात्रा वा स्थान परिवर्तनको सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कुनै समस्यामा अल्झन सकिने समय छ। काम अड्किन सक्छ र उद्देश्य पुरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्, त्यसैले सचेत रहनुहोस्। तत्काल फाइदा नहुन सक्छ तर भविष्यका लागि ठोस पूर्वाधार बन्नेछ।









