
हरिवन,कात्तिक—२५ गते । देशभर शक्ति प्रदर्शन गर्ने केन्द्रको निर्दैशन अनुसर नेकपा एमाले हरिवन नगर कमिटीको आव्हानमा भएको शक्ति प्रर्दशनमा हरिवनका ११ ओटै वडाबाट ठुलो संख्यामा नेकपा एमालेका नेता तथा कार्यकर्ता सहभागि थिए ।
संसद पुनस्थापनाको माग गर्दै हरिवन चोकबाट निकालिएको विरोध ¥याली नगरपालिका कार्यालय अगाडिसम्म पुगेर त्यहाँबाट पश्चिम लच्का हुँदै पुनः फर्केर सगुन साकोसको भवन अगाडि कोणसभामा परिणत भएको थियो ।
एमाले हरिवन नगर कमिटीका अध्यक्ष सिताराम पोखरेलको अध्यक्षतामा भएको कोणसभालाई प्रमुख अतिथी पूर्वरक्षामन्त्री एमाले सर्लाहीका इन्चार्ज हरि उप्रेती, युवा नेता एवमु हरिवन ८ का वडाअध्यक्ष प्रज्वल ढुंगाना, जिल्ला कमिटी सदस्य एवम हरिवन ३ का वडाअध्यक्ष दीपमान लोप्चनले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा युवा नेता एवम् हरिवन ८ का वडाअध्यक्ष ढुंगानाले एमाले भन्न नहिचकिचाउन आग्रह गरे । जेनजी आन्दोलनले एमालेले टाउको लुकाउनु पर्ने अवस्था आएको तर पछिल्लो समय जेनजी आन्दोलनमा भएको घुसपैठ खुल्दै गएको बताए । उनले जेनजीको माग जायज भएपनि जेनजीको नाउमा देश चलाउनेहरुलाई एमालेले ठीक पार्नुपर्ने बताए ।
त्यस्तै हरिवन ३ का वडाअध्यक्ष दीपमान लोप्चनले एमाले भएकै कारण कसैमाथि खतरा हुन्छ भने आफू प्रतिवाद गर्न तयार रहेको बताए । उनले भने एमाले भएकै कारण तपाईहरुलाई केही भयो भने मलाई भन्नुहोस् १५ देखि २० मिनेटभित्र म पुग्नेछु र उनीहरुको सुरक्षा गर्नेछु ।
कार्यक्रमका अध्यक्ष एमाले नगर कमिटि अध्यक्ष सिताराम पोखरेलले नेकपा एमाले मौरी भएको बताए । उनले भने नेकपा एमाले मौरीको गोला हो । मिलेर बसे महखान पाईन्छ । अनवाश्यक चलाए त्यो सबैलाई खतरा हुन्छ । त्यसैले एमालेलाई चलाएर कमजोर बनाउन सकिन्छ भन्ने सपना कसैले नदेख्न उनले चेतावनी दिए ।

विरोधसभाका प्रमुख अतिथी पूर्वमन्त्री एवम नेकपा एमालेका सर्लाही इन्चार्ज हरि उप्रेतीले संसद पुनस्थापना नै एमालेको स्पष्ट लाईन भएको बताए । उनले जेनजी आन्दोलनको नाममा देश जलाउनेहरुलाई एमालेले नछोड्ने पनि बताए । उनले संसद पुनस्थापना गरेर जेनजीसहितको सहभागितामा सर्वदलीय सरकार बनाएमात्रै देशले निकास पाउने आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताई सकेकोले संसद पुनस्थापना नभई देशले निकास पाउनै नसक्ने बताए ।
विरोधसभामा विघटित प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बा, एमाले नेता डिल्ली उप्रेती, गणेश प्रसाई, विदुर प्याकुरेल, राजकुमार उप्रेती, चुडामणि वाग्ले, रामप्रसाद घिमिरे, तारा पोखरेल, उत्तर कुमार मैनाली, शेख मेहबुव रेजालगायतको आतिथ्यता रहेको थियो । एमालेले देशभर शक्ति प्रदर्शन गर्ने कार्यक्रम अनुसार नै हरिवनमा पनि शक्ति प्रदर्शन गरिएको एमाले हरिवनका सचिव सन्दीप थापाले जानकारी दिए ।

जिल्लाका सवै पालिकामा नेकपा एमालेले मंगलवार विरोध ¥याली निकाल्नुका साथै साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो । कात्तिक २९ गते बरहथवामा जिल्लास्तरीय भेला तथा जनप्रदर्शन गर्ने तयारी रहेको नेकपा एमाले सर्लाहीले जनाएको छ ।









