लालबन्दी,कात्तिक २२ गते । सगरमाथा नेपाल लालबन्दीको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रोहित प्रसाद पौडेलको अध्यक्षता तथा लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा लालबन्दी—७ स्थित संस्थाकै कार्यालयमा साधारणसभा सम्पन्न भएको हो ।


साधारणसभाले अध्यक्ष पौडेलकै नेतृत्वमा पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । सात सदस्यीय कार्यसमितिमा अन्य पदाधिकारीहरू मा प्रमिला कुमारी चौधरी महासचिव, समिर सुवेदी सचिव, ज्ञानबहादुर स्याङ्तान कोषाध्यक्ष, उमा कुमारी खतिवडा, विनोदकुमार विश्वकर्मा र अमित शर्मा सदस्यमा सर्वसम्मत रूपमा चयन भएका छन्।
साधारणसभाको उद्घाटन लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले ब्यानर पढेर गरेका थिए ।

कार्यक्रममा सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशका महासचिव तथा नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, सूचनाको हकको लागि राष्ट्रिय महासंघ सर्लाहीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव सोम दियाली, र सहसचिव जनार्जन खत्रीको विशिष्ट आतिथ्यता रहेको थियो।


कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ताहरूले संस्थाको उन्नति, प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा संस्थाका सचिव समिर सुवेदीले स्वागत मन्तव्य राखेका थिए।