
निरज यादव / सर्लाही
मलंगवा, कात्तिक –२१ गते । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते खुट्टामा चोट लागेर घाइते भएका सर्लाहीका एक विद्यार्थीलाई कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले आर्थिक सहयोग गरेका छन् ।
मकवानपुर मल्टिपल क्यामपस, मकवानपुर-५ मा स्नातक तहमा अध्ययनरत विद्यार्थी सुबेक भण्डारी मलंगवा नगरपालिका–१०, का स्थायी वासिन्दा हुन ।

भण्डारीलाई गाउँपालिका अध्यक्ष बब्लुले गाउँपालिका अध्यक्ष कोषबाट २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । गाउँपालिका अध्यक्ष बब्लुले शुक्रवार आज घाइते भण्डारीको घरमै पुगेर चेक हस्तान्तरण गरेका गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. सोनेलाल साह, युवा समाजसेवी सोहन झा, गाउँपालिकाका कर्मचारी, संचारकर्मीलगायतको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरिएको हो ।

घाइते सुबेकको खुट्टामा स्टिल राखिएको र काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा उनको उपचारमा २ लाख भन्दा बढी खर्च भइसकेको उनका पिता शिवशंकर भण्डारी चियाेचर्चाे दैनिकलाई जानकारी दिए ।










