मिति : २०८२ साल कार्तिक १७ गते नोभेम्बर ३, २०२५० सोमवार,
तिथि: कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि,
चन्द्रराशि – मीन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक खर्च बढ्ने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस्। केही फाइदा पाउनका लागि केही त्याग गर्नुपर्ने हुन सक्छ।  आवश्यक परे ऋण वा सापटीबाट धन जुटाउन सकिनेछ। लामो दूरीको यात्रा गर्ने अवसर मिल्नेछ, यद्यपि आफ्ना प्रियजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। केही खर्च भए पनि यात्राले लाभ दिलाउने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतको उत्कृष्ट परिणाम प्राप्त हुनेछ। प्रशंसायोग्य कार्य सम्पादन गरेर मनग्य धन आर्जन गर्न सकिनेछ। दिगो फाइदा दिने काम सुरु गर्न अनुकूल समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् र प्रतीक्षित सफलता हात लाग्नेछ। यद्यपि अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा लिन खोज्न सक्छन्, त्यसमा होसियारी अपनाउनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमले नाम, दाम र इनाम सबै दिलाउनेछ। योजनाबद्ध रूपमा प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरहरू आउँदैछन् जसले भविष्यका लागि मजबूत आधार तयार पार्नेछन्। व्यवसाय वा रोजगारीमा लाभ हुनेछ, र प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बढ्नेछ। रुचिका क्षेत्रमा लगानी बढाउन उपयुक्त समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंका कामको प्रशंसा हुनेछ र लोकप्रियता बढ्नेछ। परिश्रमले अरूको मन जित्न सकिनेछ। अरूको काममा सहयोग गर्दा पनि फाइदा आफ्नै पक्षमा आउनेछ। समाजसेवा वा सामूहिक हितका कार्यमा सहभागी भइनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ, टाढिएका साथीभाइहरू नजिकिन सक्छन्। आजको मिहिनेतले दीर्घकालीन लाभ दिलाउने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अचानक समस्या आउँदा शरीरमा कमजोरी वा निराशा महसुस हुन सक्छ। योजनाबद्ध काम बिग्रन सक्छ, र गोपनीयता बाहिरिनाले असहजता आउने सम्भावना छ। खर्च बढ्नेछ, आर्थिक क्रियाकलापमा अवरोध आउन सक्छ। बिग्रिएका कामलाई पुनः प्रयास गर्दा फाइदा हुनेछ। शुभचिन्तकहरूको साथ जुटाउन सके नयाँ अवसर खुल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढेपनि रमाइलो र मनोरञ्जनको समय छ। प्रियजनसँग भेटघाटले दिन उल्लासमय बन्नेछ। भौतिक सुखसुविधामा वृद्धि हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने नयाँ काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ। व्यवसायिक कारणले यात्रा हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम बन्नेछन् र आत्मविश्वास बढ्नेछ। संघर्ष गरेर पनि आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। व्यापार र आर्थिक कार्यमा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा सहजै लक्ष्य प्राप्त हुनेछ। भौतिक साधन जुट्ने र नयाँ काम सुरु गर्ने राम्रो समय हो। मुद्दा वा विवादमा पनि सफलता मिल्ने संकेत छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको साथ र समर्थन प्राप्त हुनेछ। लगनशीलता र मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। प्रतिष्ठित कार्य गर्ने मौका मिल्नेछ र पढाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट आर्थिक लाभ पनि हुने सम्भावना छ। सन्तान वा सहयोगीले हर्ष दिलाउनेछन्। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरानो सम्झौता परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। योजनाबद्ध ढंगले अघि बढ्दा दीर्घकालीन लाभ मिल्नेछ। केही व्यक्तिको व्यवहारले शंका पैदा गरे पनि मान्यजनको सल्लाह पालन गर्दा फाइदा हुनेछ। कृषि वा पशुपालनबाट लाभ पाइन सक्छ। विगतका कमजोरी सुधार्ने अवसर छ। शुभचिन्तकसँग मिलेर काम गर्दा सफलता प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उपहार तथा शुभ समाचार प्राप्त हुने सम्भावना छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नेछन् र नयाँ योजना सुरु गर्न सकिनेछ। उद्योग, व्यापार र प्रतिस्पर्धामा विशेष फाइदा हुनेछ। आफ्नो कर्मको उचित प्रतिफल पाइनेछ। आत्मविश्वास र परिश्रमले समाजमा प्रतिष्ठा बढाउनेछ। नयाँ कार्यका लागि अनुकूल समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ र चिताएका काम सहजै पूरा हुनेछन्। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सानो प्रयासले चल–अचल सम्पत्ति लाभ मिल्ने समय छ। व्यापारमा राम्रो फाइदा हुनेछ। अध्ययनमा लगाव बढ्नेछ, र बौद्धिक क्षमताले नयाँ अवसरहरू ल्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले जिम्मेवारी र सम्मान दुवै दिलाउनेछ। रोकिएका काम पूरा हुनेछन्। सानो प्रयत्नले ठूलो लाभ मिल्ने सम्भावना छ। समाज वा समुदायमा प्रतिष्ठा बढ्नेछ। भेटघाट र संवादले नयाँ अवसरहरू ल्याउनेछन्। आफ्नो कार्यकुशलताबाट प्रशंसा र सफलता प्राप्त हुनेछ।