
मिति : २०८२ कार्तिक १३ गते ।
वार : बिहीवार .
तिथि : कार्तिक शुक्लपक्ष नवमी ।
नक्षत्र : श्रवण नक्षत्र, १४ः४० बजेदेखि धनिष्ठा।
चन्द्रराशि : मकर।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको मेहनतले जिम्मेवारी बढाउनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित कामले अरूको ध्यान तान्न सकिन्छ। सामाजिक कार्यले आत्मविश्वास बढाउनेछ। नयाँ उपलब्धि हात लाग्ने सम्भावना छ। भविष्यका लागि आधार तयार गर्न सकिने समय हो।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको सहयोगले फाइदा पुग्नेछ। समाजमा प्रशंसनीय काम गर्ने अवसर छ। रोकिएका काम पनि अघि बढ्नेछन्। कर्मयोगले जिम्मेवारी बढाउन सक्छ। सानो प्रयासले ठूलो भलाइको काम शुभारम्भ हुनेछ। केही परिणाम अरूको हातमा जान सक्छ, सजग रहनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रत्याशित नतिजा कमजोर देखिन सक्छ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। यात्रा केही चुनौतीपूर्ण हुनेछ। गोप्य जानकारी बाहिरिनाले काम दोहोरिन सक्छ। शुभचिन्तकको सहयोगले समस्यामा समाधान आउला। कठिन परिस्थितिमा पनि केही काम पूरा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमाइलो र मनोरञ्जनको समय छ। प्रियजनसँग भेटघाटले खुशी ल्याउनेछ। आतिथ्यमा रमाइलो अनुभव हुनेछ। आम्दानी बढाउने अवसर खुल्नेछ। प्रेम र मित्रता बलियो हुनेछ। व्यवसाय सम्बन्धी यात्रा हुनसक्छ। काममा साथीको सहयोगले उत्साह बढाउनेछ। दिगो काम थाल्ने राम्रो समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। मेहनतले नाम, प्रतिष्ठा र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी र व्यवसायमा लाभ हुनेछ। भौतिक स्रोत–साधन जुट्नेछन्। रुचिका क्षेत्रमा लगानी बढाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा केही अलमल र ढिलासुस्ती हुन सक्छ। अरूले तपाईंको मेहनतको फाइदा उठाउन सक्नेछन्। अध्ययनले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। मेहनतले प्रतिष्ठित काम गर्न मौका मिल्नेछ। सम्झौता गर्दा अधिकार र प्रतिष्ठा सुरक्षित रहनेछ। भौतिक साधन जुट्नेछन् र दिगो काम सुरु हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
निर्णयमा शंका हुने समय छ। अवसर भए पनि केही बाधा आउन सक्छ। कमजोरीमा टिप्पणी हुन सक्छ। तर प्रयत्नले स्थिति सुधार्नेछ। शुभचिन्तकको मनोभाव विचार गरेर अघि बढ्नोस्। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ। गोपनीयतामा ध्यान दिनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्नले ठूलो उपलब्धि दिलाउनेछ। छोटो समयमा राम्रो नतिजा हात लाग्नेछ। स्रोत–साधन जुटाउँदा कर्मको उचित प्रतिफल पाइनेछ। लाभांशले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु हुनेछन्। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले चर्चामा ल्याउनेछ। मेहनतले सम्मान दिलाउनेछ। अघिल्ला कमजोरी सुधार्ने मौका छ। बोलीको प्रभाव र अभिव्यक्ति कला निखारिनेछ। प्रतिष्ठित व्यक्तिको सहयोगले लक्ष्य सजिलै प्राप्त हुनेछ। अवसरले पछ्याउनेछ र दिगो कामको आधार तयार हुनेछ। मनग्य धनलाभको सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटमा स्वादिष्ट भोजनको आनन्द हुनेछ। विगतको सफलताले नयाँ हौसला मिल्नेछ। नयाँ प्रस्ताव आउनेछ। मनग्य धन कमाउने मौका छ। विगतका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। परिवारजनसँग भेटघाट हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक खर्चले आर्थिक तनाव ल्याउन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा मेहनत गर्नुपर्छ। देश–विदेशको यात्रा प्रक्रिया अघि बढ्नेछ। लेनदेनमा साथीभाइसँग असमझदारी देखिन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानी बढ्नेछ र उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा ठूलो फड्को मार्ने समय छ। छोटो समयमा राम्रो उपलब्धि हासिल हुनेछ। पहिले रोकिएका काम बन्नेछन्। जिम्मेवारी बढ्नेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको सदुपयोग हुनेछ।









