मिति:२०८२ साल कार्तिक १२ गते, बुधवार
तिथि:कार्तिक शुक्लपक्ष अष्टमी
नक्षत्र: उत्तराषाढा (१३:५४ पछि श्रवण)
चन्द्रराशि:** मकर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नो क्षेत्रमा प्रभाव जमाउने समय आएको छ। लगनशीलताले धन, इनाम र प्रतिष्ठा दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुने योग छ। व्यापार–व्यवसायमा मुनाफा बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गरेका कामबाट अरूलाई फाइदा पुग्नेछ । आशा मारेको काम बन्नेछ। सानो प्रयासले ठूलो सफलता मिल्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ पाइनेछ। रोकिएको काम बन्नेछ र नयाँ योजना प्रारम्भ हुनेछ। भाग्योन्नतिको समय अनुकूल छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शारीरिक कमजोरीले असहजता ल्याउन सक्छ। अरूका लागि धन र समय खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल ढिलो मिल्ने सम्भावना छ। आम्दानी रोकिने र कर्जाको दबाब आउने देखिन्छ। प्रतिस्पर्धीहरूले अवरोध पुर्याउन सक्छन्। संयम र सावधानी अपनाउनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारजनको साथले नयाँ आशा जाग्नेछ। मित्र र प्रेम सम्बन्ध बलियो हुनेछ। व्यवसायमा फाइदा हुनेछ। नयाँ अवसर र उपहार प्राप्त हुनेछ। रमाइलो यात्रा वा अतिथ्य सत्कारको योग छ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हिम्मत र लगनले जटिल काम पनि सम्पन्न हुनेछ। प्रतिस्पर्धामा विजय हासिल गर्न सकिनेछ। पुराना शत्रु पनि सहयोगी बन्न सक्छन्। मिहिनेत गर्दा आंशिक लाभ अवश्य हुनेछ। अवसरवादीहरूबाट सजग रहनुहोस्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा सफलता मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रता पाइनेछ। सेवामूलक कार्यबाट लाभ हुने सम्भावना छ। पशुपालन, कृषि वा श्रमबाट आम्दानी बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। सन्तान वा अनुयायीको साथ सहयोग पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

निर्णयमा अनिश्चितता र विश्वासपात्रबाट धोका पाउने सम्भावना छ। असावधानीले अप्ठ्यारो निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना आफ्नै कमजोरीले अवरुद्ध हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या ल्याउन सक्छ। विवेकपूर्वक निर्णय लिनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चिताएको काममा सफलता मिल्नेछ। दाजुभाइ र मित्रहरूसँग आत्मीयता बढ्नेछ। लगानी लाभदायी हुनेछ। नयाँ काम प्रारम्भ गर्न अनुकूल समय छ। प्रतिस्पर्धीहरूले पनि सहयोग गर्नेछन्। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बुद्धिको सदुपयोगले विद्या र धन आर्जन हुनेछ। सानो प्रयासले ठूलो काम बन्नेछ। बौद्धिक अभिव्यक्तिले नयाँ अवसर दिलाउनेछ। आम्दानीका स्रोत बढ्नेछन्। बोलीको प्रभाव र सम्मान प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आकर्षक पहिरन, अतिथि र उपहारमा मन रमाउने दिन। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। सानो प्रयासले ठूलो सफलता प्राप्त हुनेछ। मेहनतले धन र अवसर दुबै दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आकस्मिक खर्च बढ्ने सम्भावना छ। आफन्तसँग दूरी बढ्न सक्छ। लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। यात्राको योग बलियो छ तर फजुल खर्च हुन सक्छ। छिमेकी वा साथीहरूसँग असमझदारी हुनसक्छ। सोचविचारपूर्वक निर्णय लिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गर्दा आयस्रोत बढ्नेछ। रोकिएको रकम उठ्ने सम्भावना छ। भविष्यका लागि लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूबाट सावधान रहनुहोस्। लाभ भए पनि अनुमानभन्दा बढी मिहिनेत र समय लाग्नेछ। धन सरसापटमा खर्च हुनसक्छ।

”कर्मणये वाधिकारस्ते मा फलेषु कदाचन” (कर्ममा लगनशील रहनुहोस्, फलको चिन्ता नगर्नुहोस्।)