
२०८२ कार्तिक १४ गते, शुक्रबार
तिथि: कार्तिक शुक्लपक्ष दशमी
नक्षत्र: धनिष्ठा (१४:५५ पछि शतभिषा)
चन्द्रराशि: कुम्भ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रमले आयस्रोत बढाउन सकिनेछ। व्यापारमा रोकिएको रकम उठ्ने सम्भावना छ। भविष्यका लागि केही लगानी गर्न सकिनेछ। तर अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा लिन सक्छन्। आंशिक लाभ भए पनि काममा अपेक्षाभन्दा बढी समय र खर्च लाग्नेछ। प्राप्त लाभ अरूका लागि खर्चनुपर्ला, र लेनदेनमा पनि रकम बाहिरिन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य कामको चर्चा हुनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले लक्ष्य पूरा हुनेछ। पुराना मित्रताले प्रेम सम्बन्धमा रूप लिन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने मौका छ। सोखले थालिएको काम व्यवसायमा रूपान्तरण हुन सक्छ। मिहिनेत गर्नेहरूका लागि यो कार्यसिद्धिको समय हो—कर्मयोगले नाम र दाम दुवै दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौतीपूर्ण कामको जिम्मेवारी आउन सक्छ, जसका लागि धेरै मिहिनेत गर्नुपर्ला। परिस्थितिले सोचेजस्तो परिणाम नदिइला। आफ्नै श्रमबाट अरूले फाइदा उठाउने सम्भावना छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ, त्यसैले सचेत रहनुहोस्। तत्काल लाभ नभए पनि भविष्यका लागि काम उपयोगी रहनेछ। संयम र धैर्य आवश्यक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर हुँदा पनि काममा जुट्नुपर्ने हुन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग र धन बाहिरिने सम्भावना छ। बाध्यताले इच्छाशक्ति कमजोर बनाउँला। आफ्ना कमजोरीको फाइदा अरूले लिन सक्छन्। आहारविहारमा ध्यान दिनुहोस्। नतिजा सुधार्न काम दोहोर्याउनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। आंशिक लाभ भए पनि केही समस्या देखा पर्न सक्छन्। विवादास्पद काममा नजाने उत्तम हुन्छ। आम्दानी भए पनि फजुल खर्च बढ्ने सम्भावना छ। विलासितामा धन खर्च हुन सक्छ। तत्काल ठूलो फाइदा नदेखिए पनि सुरु गरिएका कामहरू भविष्यमा उपयोगी हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको विश्वास गर्दा काम रोकिएला वा ढिलाइ हुन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही प्रतीक्षा गर्नुपर्ला। यद्यपि, बुद्धि र मिहिनेतले चुनौती पार गर्न सकिनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले लक्ष्यअनुसार समयमै सफलता मिल्नेछ। अध्ययन र बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ। विद्यामा छात्रवृत्ति, पुरस्कार वा विशेष अवसर प्राप्त हुन सक्छ। व्यापार, कृषी र पशुपालनमा लाभ हुने संकेत छन्। सन्तान वा अनुयायीको सहयोगले उत्साह बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्काल लाभको लोभ गर्दा परिस्थिति बिग्रिन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। अत्यधिक महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको साथमा काम गर्नु लाभदायक हुनेछ। व्यवसायमा तत्काल लाभ कम भए पनि समस्या समाधान हुनेछन्। भूमि र पशुधनबाट फाइदा हुने योग छ। टाढिएका आफन्तहरूसँग पुनः भेट हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कर्मयोगले लोकप्रियता र सम्मान दिलाउने समय हो। विशेष उपहार प्राप्त हुन सक्छ। तर पहिलेका सहयोगी प्रतिस्पर्धी बन्न सक्छन्। प्रतिद्वन्द्वी बढे पनि दृढ प्रयासले लाभ लिन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुपर्ला। उद्योग र व्यापारमा लाभ हुनेछ। समाजमा प्रतिष्ठा बढ्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य कामबाट लोकप्रियता बढ्नेछ। सुखद समाचार प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो लाभका लागि महत्वपूर्ण सम्झौता हुन सक्छ। नयाँ काम प्रारम्भ गर्न अनुकूल समय छ। मिहिनेत र बोलीको प्रभावले सम्मान र लाभ दुवै मिल्नेछ। धन र ज्ञानको वृद्धिको योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन लाभदायक र रमाइलो रहनेछ। सफलताले उत्साह जगाउनेछ। नयाँ कामका प्रस्ताव आउनेछन् र सहयोगीहरूको साथ मिल्नेछ। रमाइलो जमघटमा सहभागी भइ आनन्द लिन सकिनेछ। पुराना कमजोरी सुधार्दै फाइदा लिन सकिनेछ। आकर्षक पहिरन र व्यक्तित्वले प्रभाव जमाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चिलो भए पनि दिगो योजना बनाउन सकिनेछ। विलासी वस्तुमा खर्च बढ्नेछ। साँवा उठाउँदा केही घाटा लाग्न सक्छ। आफन्तसँग दूरी बढे पनि टाढाका साथीहरूसँग सम्बन्ध प्रगाढ बन्न सक्छ। लामो यात्राको योग छ। नयाँ कुरा पाउन केही त्याग गर्नुपर्ला। भविष्यका लागि लगानी गर्न अनुकूल समय हो।









