
लालबन्दी असोज—३१ ग्ते । जेनजी आन्दोलनको क्रममा गत भाद्र २४ गते आगजनीबाट क्षति पुगेको सर्लाहीको लालबन्दी नगरपालिका स्वास्थ्य शाखा पुन ः सुचारु गर्न सहयोग स्वरूप केही आवश्यक सामग्रीहरू प्रदान गरिएको छ ।

स्वास्थ्य शाखाको अनुरोधमा, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFA) को सहयोग र आस्मान नेपालसँगको सहकार्यमा शुक्रवार एक कार्यक्रमका बीच डेस्कटप मनिटर कम्प्युटर, प्रिन्टर, अफिस टेबल र अफिस कुर्सी दुई–दुई थान, प्लास्टिक कुर्सी चार थान, टेबल फ्यान एक थान तथा स्टिल दराज एक थान स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको हो।

विपद्को समयमा सहयोग गर्ने ग्ल्ँब् र आस्मान नेपाललाई स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत मुमताज मिकरानिले धन्यवाद ज्ञापन गरेका छन्। यस्तो सहयोगले स्वास्थ्य सेवा पुनः सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।










