
मित स् २०८२ ९१८ अक्टोबर २०२५० तिथिस् कार्तिक कृष्णपक्ष द्वादशी ९१३स्२३ बजेपछि त्रयोदशी
नक्षत्रस् पूर्वफाल्गुनी ९ १७ बजेपछि उत्तरफाल्गुनी
चन्द्रराशिस् सिंह
वार ः शनिवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थिति सोचेजस्तो नहुन सक्छ, जसले लक्ष्यमा ढिलाइ गराउँछ। अवसर आए पनि समायोजन नमिल्दा काममा ढिलासुस्ती हुनेछ। अधिकारप्रति अत्यधिक आग्रहले समस्या निम्त्याउन सक्छ। सुझबुझपूर्वक काम नगरेमा पछि परिने सम्भावना छ। व्यापारमा सेवाग्राहीको विश्वास जित्ने प्रयास गर्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतको फल अरूले लिने चेष्टा गर्न सक्छन्। पुराना सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइन सक्छ। काम अघि बढाउनुअघि राम्रोसँग विचार गर्नुहोला। बेसुरमा दिइएको वचन समस्याको कारण बन्न सक्छ। सम्बन्धमा अत्यधिक भर पार्दा लक्ष्यमा पुग्न कठिन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीको साथले काम अघि बढ्नेछ। परिश्रम अनुसार सकारात्मक नतिजा हात लाग्नेछ। थोरै लगानीबाट पनि लाभ प्राप्त गर्न सकिनेछ। व्यापारमा राम्रो लाभको सम्भावना छ। मिहिनेतले सफलता दिलाउने समय भएकाले आत्मविश्वासका साथ अघि बढ्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वचन पूरा गर्न नसक्दा आलोचना सहनु पर्नेछ। हतारमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। पढाइ र अन्य काममा ध्यान दिन कठिन हुनेछ। गोप्य योजना अघि बढाउनु बुद्धिमानी हुनेछ। स्वतन्त्रताको अभाव महसुस हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ प्रस्ताव र अवसर प्राप्त हुने दिन छ। पारिवारिक स्नेह र साथ पाइनेछ। पढाइमा रुचि बढ्नेछ र बौद्धिक क्षेत्र विस्तार हुनेछ। विगतका कमजोरीमा सुधार आउँछ। प्रतिष्ठा र सम्मान प्राप्त गर्ने समय छ। प्रेम र मित्रताको बन्धन बलियो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अचानक आउने समस्याले खर्च बढ्न सक्छ। कर्जा लिएर आवश्यक सामग्री जुटाउनुपर्ने स्थिति बन्न सक्छ। काममा समय दिन नसक्दा फाइदा अरूको भागमा जान सक्छ। दौडधुप बढ्नेछ। नगद प्रवाहमा केही दबाव आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत अनुसार आम्दानी बढ्नेछ। रोकिएको रकम हात पर्न सक्छ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन्। पढाइ र लगानी दुवैमा प्रगति हुने समय हो। भविष्यका लागि नयाँ योजना प्रारम्भ गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यवश कीर्तिमानी काम गर्ने मौका मिल्नेछ। प्रतिष्ठा र सम्मान बढ्नेछ। सामाजिक जिम्मेवारी पूरा गर्नुपर्नेछ। भूमि, सवारी वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने सम्भावना छ। सहकर्मी र परिवारको साथले आत्मबल बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति केही जटिल हुनसक्छ। अरूका लागि स्रोत खर्चनुपर्नेछ। विश्वास गर्दा धोका पाइने सम्भावना छ। तर मेहनतले अन्ततः उपलब्धि दिलाउनेछ। व्यापारमा थाेरै लाभ भए पनि भविष्यमा उपयोगी हुने संकेत देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। काममा मन नलाग्न सक्छ। गोपनीय कुरा बाहिरिन सक्छ, सतर्क रहनुहोस्। लगानीमा जोखिम बढ्नेछ। पुरानो काम दोहोर्याएर सुधार गर्नुपर्ने अवस्था आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा व्यापार र आम्दानीमा वृद्धि हुनेछ। साथ दिने साथी र प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ। परिवारको साथले आत्मबल बढ्नेछ। तर अरूको भावना नबुझ्दा आलोचना सहनु पर्नेछ। इच्छा अनुसार खर्च बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्ने दिन हो। नयाँ कामको थालनी गर्न अनुकूल समय छ । प्रतिस्पर्धा जित्ने क्षमता विकास हुनेछ। शत्रु कमजोर हुनेछन्। बुद्धिको प्रयोगले पुराना सफलताहरू जोगाउन सकिनेछ। योजना अघि बढाउन राम्रो समय छ।









