आज २०८२ असोज २८ गते मंगलवार, १४ अक्टोबर २०२५। कार्तिक कृष्णपक्ष अष्टमी तिथि, १६ः०७ बजेपछि नवमी। पुनर्वशु नक्षत्र, १७ः३३ बजेपछि तिष्य। आज चन्द्रमा ११ः४६ बजे सम्म मिथुन राशिमा र त्यसपछि कर्कटमा रहने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ। आँटेको काम रोकिन सक्छ। पेसा–व्यवसायमा फाइदा हुनेछ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पछि दुस्ख पाइएला। मध्याह्नदेखि व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ। अधुरो काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। किनमेलमा पनि अधिक खर्च हुने समय छ। कामको लगावले मनग्य धन आर्जन हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नपछि केही जिम्मेवारी प्राप्त हुन सक्छ। रोकिएको काम बन्न थाल्नेछ।  शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। नयाँ काम पनि प्रारम्भ हुनेछ।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा पनि राम्रै लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।


तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको सहयोग जुट्नाले सामान्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा कार्यसिद्धि हुने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार अघि बढ्दा लाभ पनि हुनेछ। नियमित काम सम्पादन हुनेछन्। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्।


मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर परिस्थितिवश यात्रा रोकिन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।  काम बिग्रनाले दोहोर्याएर प्रयास गर्नुपर्ला। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्।  विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। साथीभाइ टाढिनेछन्।  पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।