
मलंगवा, असोज— २७ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र सुदन गुरुङविरुद्ध मुलुकभर उजुरी परिरहेको छ । यसै क्रममा सोमावर सर्लाहीमा पनि आधिकारिक रूपमा उजुरी दर्ता भएको छ ।
एमालेनिकट अनेरास्ववियु र युवा सङ्घ नेपालले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दर्ता गराएका हुन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई उजुरी बुझाएका छन् ।

उक्त उजुरीमा साह र गुरुङमाथि “राष्ट्रिय सम्पत्ति र सरकारी संरचनामा क्षति पु¥याएको, लुटपाट तथा तोडफोडमा संलग्न भएको” आरोप लगाइएको छ। साथै उनीहरूले अन्य नागरिकलाई समेत यस्ता कार्यमा उक्साएको उजुरीमा उल्लेख छ ।

काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि यस्तै वेहोराको उजुरी दर्ता गरिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उजुरी प्राप्त भएकाले अब केन्द्रीय निर्देशनअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ।










