सर्लाही, असोज २२ –गोमन सर्पले डसेपछि झारफुकको भरपर्दा सर्लाहीको कौडेना गाउँपालिका–२ फुलपरासीकी एक महिलाको मृत्यु भएको छ ।
सर्पले डसेर घाइते भएकी रवीन्द्र यादवको श्रीमती ४२ वर्षीया महिला नयन देवी यादवको बुधवार दिउँसो करिब १२ बजे प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।


आफन्तका अनुसार गोमन सर्पले डसेपछि यादवलाई नजिकैको “विषहरा बाबा मन्दिर”मा लगेर झारफुकमा माध्यमले विष हटाउने प्रयास गरिएको थियो ।
सिकिस्त भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने क्रममा मृत्यु भएको हो ।


सर्पदंश उपचारकेन्द्र लालबन्दी (१ नवलपुरका चिकित्सकका अनुसार सर्पले डसेपछि मानिसहरू आत्तिने र झारफुक लगायतका अन्य विधि गरेर समय गुमाउँने गर्दा बिरामीको मृत्यु हुने क्रम बढेको बताउँछन् ।
चिकित्सकका अनुसार सर्पले डसेपछि तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा लैजादा बिरामीको बच्ने सम्भावना धेरै हुन्छ ।