
आज २०८२ असोज २३ गते बिहीवार, ९ अक्टोबर २०२५। कार्तिक कृष्णपक्ष तृतीया तिथि। भरणी नक्षत्र।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।
वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
तारिफयोग्य काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य काम गरेर लोकप्रिय बन्न सकिनेछ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोचेको समयमा काम नबन्न सक्छ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष उपहार प्राप्त हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चिं)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन्। दिगो काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काममा सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।









