काठमाडौं, असाेज -४ गते । “जेन्जी” पुस्ताको आन्दोलनका क्रममा सहादत प्राप्त अमर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेस काठमाडौं महानगर समितिले शान्तिवाटिका काठमाडौँमा दीप प्रज्वलन गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष उपस्थितिमा काठमाडौं महानगर समितिले शनिवार साँझ राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा दीप प्रज्वलन कार्यक्रम गरेको हाे ।
कार्यक्रमका सहभागीहरूले आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेकाे नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।
महामन्त्री थापाले “जेन्जी” पुस्ताको आन्दोलनलाई सन्देशकाेरूपमा लिनुपर्ने बताउँदै आएका छन् ।
उनको उपस्थिति र सहानुभूतिपूर्ण अभिव्यक्तिलाई सहभागीहरूले अत्यन्तै भावनात्मक क्षणका रूपमा लिएका बताइएको छ ।