
सर्लाही, असोज –२ गते । सर्लाही जिल्लाका विभिन्न स्थानहरूमा भोली (शुक्रवार) चार घण्टासम्म विद्युत् आपूर्ति बन्द गरिने भएको छ । नवलपुरस्थित सबस्टेशनमा रहेको ६३ एमभिए क्षमताको ट्रान्सफर्मरको एचभी साइडमा सर्किट ब्रेकरको कन्ट्रोल वायरिङ गर्ने कार्यका लागि लाइन सटडाउन गरिने ढल्केबर ग्रिड महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनाअनुसार असोज ३ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाभर विद्युत् आपूर्ति रोकिनेछ । यसबाट लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्रअन्तर्गतका सबै क्षेत्र प्रभावित हुनेछन्।
ढल्केबर ग्रिड महाशाखाका प्रमुख इन्जिनियर सूर्यनारायण मण्डलका अनुसार आवश्यक मर्मत तथा सुधारका लागि यो सटडाउन आवश्क भएको हो ।

सर्लाहीमा पछिल्लो समय विना सूचाना विद्युत् आउनेजाने समस्याले यहाँका नागरिक हैरान भएका छन् । विद्युत् अनियमित हुँदा विद्युतिया उपकरण बिग्रने समस्याले यहाँका नागरिक आजित छन् ।










