आज २०८२ असाेज १ गते बुधवार, १७ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष एकादशी तिथि। पुनर्वशु नक्षत्र, ९ः३५ बजेपछि तिष्य।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन अशान्त रहनेछ। व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति बनिरहेको छ। कार्यक्षेत्रमा सहयोगी वर्गसंग मनमुटाव रहन सक्छ। हातमा आएको अवसर नगुमाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कामकाे जिम्मेवारी बढ्ने छ । धैर्य र पराक्रममा वृद्धि हुनेछ। नयाँ इन्टरभ्यु आदिको लागि दिन राम्रो छ। शत्रुहरू बढ्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। आयस्रोत कमजोर रहने समय छ। प्रयत्न गर्दा पछिका लागि काम बन्न सक्छ। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सच्याएर सुधार ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्चमा नियन्त्रण गर्नुहोस्। सकेसम्म ठूलो कार्यहरूमा हात नहालौं। आँटेको कार्यमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आयमा वृद्धिका योग बनिरहेका छन्। कर्यक्षेत्रमा सक्रियता बढ्नेछ। पुलिस वा आर्मी क्षेत्रबाट हुनुहुन्छ भने कुनै ठूलो कार्य सम्पन्न हुन सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धेरै सोच्नु आज तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन्छ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज व्यापार वृद्धिको योग रहेको छ। साझेदारी व्यापारमा विशेष लाभ मिल्नेछ। निर्णय लिने क्षमता राम्रो देखिएको छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। सेयरलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ।