
सर्लाही, भदौ- ३१ गते । नख्खु कारागार, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी फिरोज मन्सुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ।

मलंगवा नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय मन्सुर नख्खु कारागारको नयाँ ब्लकमा कर्तव्य ज्यान अभियोगमा कैद भुक्तान गरिरहेका थिए। भदौ २५ गते जेन्जी आन्दोलनको मौका छोपी उनी कारागारबाट भाग्न सफल भएका थिए।

गोप्य सूचनाका आधारमा मन्सुर आफ्नो घरमा लुकीछिपी बसिरहेको जानकारी पाएपछि साेमवार साँझ करिब ६:३० बजेकाे समयमा प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

हाल मन्सुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ र उनलाई कारागार कार्यालय सर्लाहीमा पठाउने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी (डिएसपी) सराेज राइले जानकारी दिए ।प्रहरीका अनुसार, आन्दोलनका क्रममा भागेका अभियुक्तको खोजी तीव्र पारिएको छ ।









