राशिफल नेपाली

२०८२ भदाै ३१ गते मंगलवार, १६ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष दशमी तिथि। आर्द्रा नक्षत्र, १०ः३० बजेपछि पुनर्वशु। 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। मित्रको सहायताले अग्रिम कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा श्रमको अनुरूप फल नमिल्ला। दाम्पत्य जीवनमा मनमुटाव रहन सक्छ सचेत रहनुहोस्। आज को शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरपरिवारसँग रमाइलो समय बित्नेछ। कानुन विपरीत कार्य नगर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। अग्रिम कार्य सम्पादित हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।