राशिफल नेपाली

आज २०८२ भदाै ३० गते साेमवार, १५ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष अष्टमी तिथि, ६ः३० बजेपछि नवमी। मृगशिरा नक्षत्र, ११ः४३ बजेपछि आर्द्रा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा सफलता मिल्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। आर्थिक सञ्चयको प्रवृत्तिले नँया कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सरकारी क्षेत्रमा नयाँ अवसर मिल्नेछ। मानसिक ऊर्जामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उन्नतिका योग छन्। अति आत्मविश्वासले व्यापारमा नोक्सानी खेप्नुपर्ला सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।