२०८२ भदाै २५ गते बुधवार, १० सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष तृतीया तिथि। रेवती नक्षत्र।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अनुबन्धहरूमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
घरपरिवारमा मानसिक अशान्ति बढ्नेछ। आर्थिक हानि हुने योग छ। अध्ययनमा प्रगति हुनेछ। सकेसम्म यात्रा नगर्नुहोला। स्वास्थ्यमा सामान्य सुधार रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। व्यापारमा हानिको संकेत छ। साथीभाइहरूसँग सहयोग मिल्नेछ। खर्च बढ्ने सम्भावना देखिएको छ। संयमताको आवश्यकता रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक वा सामाजिक कार्यमा चासो बढ्नेछ। मनमा अज्ञात भय रहनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा अज्ञात भय रहनेछ। व्यापारमा राम्रो लाभ रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। नयाँ कार्यमा पारिवारिक समर्थन पाइनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अध्ययनमा सफलता पाइनेछ। मित्रहरूको सहयोगले रोकिएका काम बन्नेछन्। व्यापार व्यवसायलाई लिएर सानोतिनो भागदौड गर्नुपर्ला। समय अनुकूल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सकारात्मक सोचले काममा सफलता ल्याउनेछ। मनमा अज्ञात भय रहनेछ। पढाइमा मन जानेछ। पुरानो साथीसंग भेटघाट हुनेछ। कार्यक्षेत्रमा सम्मान पाउने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।










