मनाेज यादव/सर्लाही,
भदौ २०,गते । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९औँ राष्ट्रिय दिवसको अवसरमा विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम शुक्रवा मलंगवामा सम्पन्न भएको छ।
मलंगवा-२ स्थित पब्लिक माविमा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य तीनवटै तहका सरकारको सहकार्यमा मानव बेचबिखनको दुष्चक्रलाई अन्त्य गर्ने रहेको आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको अध्यक्षता वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साहले गरेका थिए भने प्रमुख अतिथि मलंगवा नगरपालिका की उपप्रमुख शकुन्तला देवी साह रहेकी थिइन् ।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई मानव बेचबिखन र ओसारपसार विरुद्धको कानुनी अधिकार र सुरक्षा उपायबारे जानकारी गराइएको थियो।









