लालबन्दी,भदौ -२० गते । सर्लाहीमा शुक्रवार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मनाइएको छ ।‘मोहम्मद डे’ पनि भनिने याे दिनमा मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।
शुक्रवाार सर्लाहीका २० ओटै पालिकामा रहेका मुस्लिम समुदाय भेलाभई मोहम्मद डे मनाइएका हुन। मुस्लिम समुदायको साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ । यही अवसरमा प्रदेश २ सरकारले शुक्रवार (हिजो ) सार्वजनिक बिदा दिएको थियो । प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिँदै शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ ।
मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो ।
उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । उनकै सम्झनामा जन्मोत्सव मनाइएको गरिन्छ ।









