![]()
लालबन्दी,भदौ- १९,जिल्लाकाे लालबन्दी नगरपालिका -१ नवलपुरस्थित १३२/३३ के.भि. सवस्टेशनमा सर्किट ब्रेकर प्रतिस्थापन कार्यका लागि करिब ६ घण्टा विद्युत आपूर्ति बन्द गरिने भएको छ।
![]()
ढल्केबर ग्रिड महाशाखाका अनुसार सवस्टेशनमा जडान गरिएको ६३ एम.भि.ए. ट्रान्सफर्मरको उच्च भोल्टेज साइडमा रहेको सर्किट ब्रेकरको मर्मत तथा प्रतिस्थापन कार्य गर्नुपर्ने भएकाले मिति भदौ २० गते (भोलि) बिहान ५:०० बजेदेखि ११:०० बजेसम्म ट्रान्सफर्मर सटडाउन गरिन लागिएको हाे ।
![]()
मर्मत कार्यका कारण लालबन्दी वितरण केन्द्रबाट सञ्चालित सम्पूर्ण लाइनहरू बन्द रहनेछन् । जसका कारण सर्लाहीको लालबन्दी, मलंगवा, बरहथवा लगायतका क्षेत्रहरूमा सो अवधिभर विद्युत आपूर्ति अवरुद्ध रहने छ।
![]()
लालबन्दी वितरण केन्द्रका अनुसार उक्त सटडाउन आवश्यक प्राविधिक मर्मत कार्यका लागि भएकाले काम सम्पन्न हुने बित्तिकै विद्युत सेवा सुचारु गरिनेछ।
“ याे अवधिमा ग्राहकवर्ग तथा आम उपभोक्तालाई पर्ने असुविधाप्रति क्षमाप्रार्थी छौं,”जारी सूचनामा भनिएको छ, “साथै वैकल्पिक व्यवस्था मिलाउन पनि सूचना मार्फत आग्रह गरिएको छ ।”

सटडाउनको जानकारी ग्रिड सञ्चालन विभाग, मधेश प्रादेशिक कार्यालय तथा सर्लाहीका सम्बन्धित वितरण केन्द्रहरूलाई समेत पठाइएको सूचनामा उल्लेख छ ।










