आज२०८२ भदाै १० गते मंगलवार, २६ अगस्ट २०२५।भाद्र शुक्लपक्ष तृतीया तिथि, १२ः४२ बजेपछि चतुर्थी। हस्त नक्षत्र।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समयमा सहयोग नमिल्नाले कार्य समयमा सम्पादन नहोला। विद्यार्थीहरूलाई अध्ययनमा लगनशीलताको आवश्यकता रहेको छ। छर छिमेकीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
घरमा अतिथिको आगमनले मन प्रसन्न रहनेछ। बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्।। सोचविचार गरेर निर्णय लिनुहोला। दिन लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घर परिवारमा चलिरहेको मनमुटाव सुल्झिनेछ। सहकर्मीहरूले हजुरको उन्नति देखेर ईर्ष्या राख्नेछन्। लेखन वा साहित्य कलामा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
इष्टमित्रको सहयोगले आर्थिक समस्या सुल्झिनेछ। कार्यस्थलमा धेर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। अध्यात्मिक वा सांस्कृतिक चर्चा परिचर्चामा भाग लिएर मनमा आत्म शान्ति रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापार व्यवसायमा नयाँ अनुबन्ध मिल्नेछ। प्रेम सम्बन्धमा वाहिरी व्यक्तिको हस्तक्षेपले मन खिन्न रहला। अध्ययनमा अनुभवी व्यक्तिको साथले लाभ मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफन्तहरूको भावनाको सम्मान गर्नुहोस्। कार्यक्षेत्रमा मन अनुरूप काम नमिल्नाले निराशा हात लाग्नेछ। स्वास्थ्यमा लापरवाह हुनाले समस्या निम्त्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)










