![]()
लालबन्दी,भदौ -८ गते ,नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज तथा चौरचनको अवसरमा अखिल नेपाल महिला संघ (समाजवादी), सर्लाहीले विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
लालबन्दी बजारस्थित लालबन्दी पार्टी प्यालेसमा आइतवार आयोजना गरिएको कार्यक्रममा विभिन्न संघसंगठनका महिला नेतृहरू, सञ्चारकर्मी तथा स्थानीय महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
![]()
सर्लाही क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य वैची लुंगेली समन्वयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ, सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतका वक्ताहरूले तीज पर्वले महिलाहरूको आत्मबल, सामाजिक एकता तथा सांस्कृतिक पहिचानलाई अविच्चिन्न राख्न महत्त्वपूर्ण भुमरीमा खेल्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहयोगी महिलाहरूलाई दर खुवाइ, तीज गीतमा नृत्य तथा शुभकामना आदान प्रदान गरिएको थियो ।
यस्तै, जिल्लाका विभिन्न पालिकाहरूमा पनि तीज लक्षित कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भइरहेका छन्। विभिन्न संघ संगठनहरूले महिला लक्षित तीज विशेष कार्यक्रमहरू आयोजना गरि तीज पर्वको उत्साह बढाएका छन् ।

कतिपयले पछिल्लो समय एक महिना अघि देखिनै पर्व मनाउने गर्नाले अनावश्यक खर्च बढेकाले घरपरिवारमा झैझगडाकाे स्थिति सृजना हुनथालेकाे बताएका छन् । पर्व मनाउँदै गर्दा आफ्नो अवस्था हेरी बेवास्ता मिलाउन सके यसले पारिवारिक बेमेलकाे स्थिति अन्त्य हुने र आफ्नो माैलिक परम्परा पनि अविच्चिन्न रहने सुझाएका छन् ।










