सर्लाही, भदौ -८ गते,सर्लाहीको हरिपुर नगरपालिका अन्तर्गत  शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको दोस्रो नगर स्तरीय बाल नृत्य प्रतियोगितामा अक्षर पाठशाला  प्रथम भएको छ।

त्यसैगरी न्यु एभरेष्ट एकेडेमी द्वितीय र  महावीर जनता मा.वि. तृतीय भएका छन्।
प्रतियोगितामा ११ सामुदायिक र ५ संस्थागत गरी १६ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा सान्त्वना हुनेमा कसमस एकेडेमी, स्मल हेभन एकेडेमी र श्री रामलगन मा.वि.  रहेका  छन्।

कार्यक्रममा नगर प्रमुख गोपाल पजियार , उपप्रमुख निलमदेवी राय , प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल , शिक्षा शाखा प्रमुख नागेश्वर राय लगायत विभिन्न निजी तथा सामुदायिक  विद्यालयका शिक्षक–शिक्षिकाहरुको उपस्थिती रहेको थियो।