मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्यात्मतर्फ रुचि बढ्ला। कृषिमा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश जान चाहनेहरूलाई यात्राको साइत जुर्न सक्छ। साँझतिर आफन्तसँग सम्पर्क हुनुका साथै भेटघाटको अवसर जुर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
सिंह -(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भावनामा आएर व्यापार व्यवसायमा कुनै निर्णय नलिनुहोला। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। पुराना कुरालाई लिएर परिवारमा मनमुटाव थियो भने सुल्झिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्नेछन् तापनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।









