मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। बोलीमा नियन्त्रण राख्नुहोस् सोचेका कार्य पूरा हुनेछन्। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
लाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सवारी साधन चलाउँदा सावधान रहनुहोला। घरेलु वा व्यापारिक मामलाहरू आपसी सम्वादले सुल्झिनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिस्थिति अनुकूल रहनाले लगनशीलताले लक्ष्यमा पुग्न सकिनेछ। आफन्तहरूको साथ र सहयोगले उत्साह जाग्नेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आत्मबल कमजोर रहनेछ। सोचेको कार्य सम्पादन गर्नमा समय बित्नेछ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
व्यस्त भएतापनि एकै पल्टमा धेरै ठाउँ काम गर्नमा सफल भइनेछ। शत्रुहरू पराजित हुनेछन्। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। योजनातर्फ अग्रसर भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
माननीय जनहरूको सहयोगले रोकिएका कार्य पुनःप्रारम्भ हुनेछन्। भविष्यलाई लिएर लाभकारी योजना बनाउन सक्नुहुनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।









