![]()
सर्लाही,साउन -३०,सर्लाहीको हरिपुर्वामा शुक्रवार अन्दाजी राति ८: २० बजेको समयमा अपरिचित मानिसको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
![]()
टाउकोमा गोली लागि गम्भीर घाइते भएका जिल्लाकाे दक्षिण पूर्वी क्षेत्र हरिपुर्वा नगरपालिका वडा नम्बर – ६ निवासी महादेव रायको छोरा अन्दाजी बर्ष ४० वर्षीय राम पुकार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

घाइते यादवको हरिपुर्वामा उपचार सम्भव नभएपछि महोत्तरीको सम्सी स्थित जानकी जानकी हेल्थ केयर पर्सा महोत्तरी तर्फ पठाईएको थियो । अस्पतालमा चेकजाँचका क्रममा डाक्टरले मृत मृत घोषणा गरेका र मृतककाे लाश सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सरोज राईका अनुसार गोली प्रहारमा संलग्न व्यक्तिको खाेजिकार्य भइरहेको छ।
स्थानीयवासीका अनुसार रामपुकार राय विगत केही वर्षदेखि गाउँकै एक निजी विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक हुन।










