
काठमाडौं,साउन-१०,उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गाैतमबुद्दकाे जन्मस्थल लुम्बिनी नेपालका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक भएकाे बताएका छन् ।

विश्व शान्ति विहार तथा नेपाली बाैद्द समुदायद्वारा शनिवार आयाेजित धार्मिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सिंहले यस्ताे बताएका हुन् । उनले लुम्बिनीको संरक्षण र संवर्द्धनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने पनि बताए।

`लुम्बिनी केवल भौगोलिक स्थल मात्र नभएर विश्व शान्तिका लागि एक महत्त्वपूर्ण धार्मिक केन्द्र हाे । सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक हाे,´ उनले भने,`बुद्धिजमलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।’

कार्यक्रममा थाइल्याण्डका सुपोत महास्थवीरलाई नेपाली बौद्ध समुदाय तथा विश्व शान्ति विहारले धार्मिक अभिनन्दन गरेको थियो ।
तस्बिर साैजन्य: जगन्नाथ दुलाल, प्रेस संयाेजक, उपप्रधानमन्त्री सिंह










