सर्लाही,साउन -२, मोटरसाइकलकाे लाेकप्रिय ब्राण्ड टिभिएसले सर्लाहीको लालबन्दीमा  विभिन्न सुविधासहित एक्सचेन्ज म्यानिया’  कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

भाेली साउन ४ गते देखि ९ गतेसम्म लालबन्दी -७ स्थित रहेको कुमारी बैंक भएको भवनको घरकाे तल्लो तलामा चल्ने महाऐक्चेज मेला नाम दिइएको यो अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्ड तथा अवस्थामा रहेको पुरानो मोटरसाइकल साटेर नयाँ टीभीएस मोटरसाइकलमा आकर्षक छुट तथा सुविधाहरू प्राप्त गर्न सक्ने इभेन्टका सञ्चालक रामहरि पण्डितले चियाेचर्चाे खबरलाई जानकारी दिए ।


उनका  अनुसार, बाइक गुडे पनि नगुडे पनि एक्सचेन्ज गर्न सकिने सुविधा छ। पुरानो बाइकमा  १० हजार  देखि सुरु भई अधिकतम मूल्यांकन  ३० हजार  सम्म प्रदान गरिनेछ। साथै, ग्राहकले नयाँ बाइक खरिदमा  ८ हजार  सम्मको नगद छुट, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा,लाइफ टाईम वारेन्टी तथा निःशूल्क एसेसोरीहरू समेत प्राप्त गर्नेछन्।


“हामीले टेक्नोलोजीको क्षेत्रमा अग्रणी स्थानमा रहेका टीभीएस बाइकहरूमा ‘भ्यालु एडिशन’ अफर ल्याएका छौं,” शंकर टीभीएसका इभेन्ट प्रतिनिधि सामेत रहेका रविराज भण्डारीले  जानकारी दिए। “यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ,” उनले भने।