अर्घाखाँची, असार ३२ – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा सुक्खा पहिरोमा परी दुई जनाको मृत भएको छ।
सोमवार चिउरी टिप्न र घाँस काट्न जङ्गल गएका ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगर पहिरोले पुरिएर मृत्यु भएको हाे।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लका अनुसार, रोजा तुसारेपानी क्षेत्रतिर गएका दम्पती बेलुकासम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। खोजीका क्रममा उनीहरूलाई सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला पारिएका हुन ।


स्थानीयले हालै आएको वर्षात्‌पछि पहिरोको जोखिम बढे पनि सामान्य सावधानी नअपनाइ काममा जाने क्रम नरोकिएकाले यस्ता घटना दोहोरिइरहेको भन्दै प्रहरी प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।