सर्लाही,असार -३२, जिल्लाको हरिपुर नगरपालिका–१ जानकीनगर टोलमा एक ६ वर्षीय बालक डुबेर मृत्यु भएको छ। दिनेश यादवका छोरा सुशान्त यादव मंगलवार बिहान १० बजेतिर घरबाट हराएका थिए भने राति करिब १०:३५ बजे डुबेको अवस्थामा शव फेला परेकाे हाे ।


स्थानीय बासिन्दा र प्रहरीकाे सहयोगमा बालकको खाेजतलास गर्दा घरबाट करिब ५०० मिटर दक्षिण–पूर्वतर्फ सडक निर्माणको क्रममा जेसिबीले खनेको खाल्डोमा जमेको पानीमा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।


प्रहरीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा बालकको शव प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ। बालकको मृत्यु सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।