कृष्ण थपलिया /सर्लाही ,असार -१०, लालबन्दी नगरपालिकाकाे १४औं अधिवेशन अन्तर्गत मंगलवार (आज ) बसेकाे  दोस्रो बैठकमा आर्थिक वर्ष २०८२/०८३ को लागि १ अरब ५० करोड बढीको बजेट प्रस्तुत गरिएको छ ।
नगर प्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा बसेको नगरपालिकाको १४औं नगरसभाको दोश्रो वैठकमा नगर उपप्रमुख कल्पना माया पाख्रिनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १ अरब ५० करोड ४० लाख ४५ हजार २२७ रुपैयाँ बराबरको  बजेट प्रस्तुत गरेकी हुन ।


आज प्रस्तुत बजेटमा अध्ययन र छलफल गर्न नगर प्रमुख तथा सभाध्यक्ष बासुदेव अधिकारीले नगर सभासद् तथा कार्यपालिका सदस्यलाई  १६ दिनको समय सीमा  दिएका छन् ।  बजेट माथि अध्ययन र छलफल पछि आगामी असार २६ गते बस्ने तेस्रो बैंकले बजेट अनुमाेदन गर्ने कार्यसूची तय भएको छ ।


विगत दुई आर्थिक वर्ष देखि  लालबन्दी नगरपालिकाको नगर अधिवेशन बैठक  संसदीय  परिपाटी अनुसार हुँदै आएको छ।


अस्ति आइतवार बसेकाे पहिलो बैठकमा  आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको  थियो ।आज बसेकाे दाेस्राे बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।