![]()
सर्लाही,असार -९, जिल्लाका विभिन्न नौ वटा पालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

यसरी आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पालिकाहरूमा हरिपूर्वा, हरिपुर, गोडैता र बरहथवा नगरपालिका तथा रामनगर, धनकौल, विष्णु, चन्द्रनगर र बसबरिया गाउँपालिका रहेका छन् ।

यी पालिकाहरूले आफ्ना गाउँ तथा नगरसभामार्फत नीति, कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रमुख तथा नगर कार्यपालिका सदस्यहरूकाे सहमतिमा कार्यक्रम ल्याएका छन्। यसवर्ष जिल्ला स्थित पालिहरूमा शान्तिपूर्ण रूपमा समयमै नीति, कार्यक्रम ल्याएका छन्।

बजेटकाे विषयमा सधैं जसाे विवाद भइरहने हरिपूर्वा नगरपालिकाले आजै ६२ करोड १३ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ।नगर सभाको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।

जिल्लाका २० पालिका मध्य लालबन्दी, बलरा, कौडेना,चक्रघट्टा र बागमतीले पनि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। भाेली मलंगवा, ईश्वरपुर, कविलासी, हरिवन पर्सा र ब्रह्मपुरी गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याउने तय भएको छ ।








