![]()
सर्लाही, असार- ८, जिल्लाको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
लालबन्दीमा आज सम्पन्न नरसभाका सदस्यहरूले प्रदेश खारेजीका लागि संघीय सरकारलाई लेखी पठाउन प्रस्ताव गरेका छन् । प्रादेशिक संरचना जनहितमा नरहेको, कमिसनको अखडा भएको भन्दै यस्तो प्रस्ताव गरिएको हाे ।

नगरपालिकाको १४औँ नगरसभामन नगरप्रमुख वासुदेव अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नगरसभा लालबन्दी–१० चन्द्रपुरस्थित एमर्जेन्सी सेल्टर भवनमा गरिएको हो।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रम १० गते पारित गरि साेही आधारमा बजेट तयार पारिनेछ र असार २५ भित्रै नगरसभाबाट पारित गरिनेछ।

संविधान र कानुनी व्यवस्थाअनुसार, सबै स्थानीय तहहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेश गरी असार मसान्तभित्र स्वीकृत गरिसक्नुपर्ने प्रावधान छ।

हाल सर्लाहीसहित देशैभरिका सबै जसाे स्थानीय तहहरूले आ–आफ्नो गाउँ तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रम जारी राखेका छन्।









