![]()
वीरगञ्जमा,चैत -३०, हनुमान जयन्तीको अवसरमा तोडफोड र झडप भएपछि पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

आज शनिवार निकालिएको हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई फरक समुदाय हिन्दु र मुस्लिमबीच झडप र तोडफोड भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

गएसाँझ ६ः३० बजेदेखि लागू हुने गरी महानगरपालिकाभित्रका चार किल्ला पूर्वतर्फ भेडिया चोक,पश्चिमतर्फ सिर्सिया पुल,उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

उक्त चार किल्लाभित्र कसैले आवतजावत गर्न,कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।









